चार हजार ६ सय ४७ विद्यालयको पुनर्निर्माण कार्य सम्पन्न

काठमाडौं, जेठ २९ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइले भूकम्पबाट क्षति पुगेका ३१ जिल्लाका सात हजार ९ सय २३ विद्यालयमध्ये चार हजार ६ सय ४७ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ ।

मंगलबार काठमाडौँस्थित युनियन हाउसमा आयोजना गरिएको ‘भुकम्प पछि विद्यालय पुनर्निर्माणको अवस्था’ अन्तक्र्रिया कार्यक्रममा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ९शिक्षा० का निर्देशक इमनारायण श्रेष्ठ भन्छन्, ‘विद्यालय भवन भत्कदा भवन मात्र नभई विद्यार्थी, शिक्षक र अभिभावकको खुसी भत्किएको हुन्छ र पुर्ननिर्माणले उनीहरुको आत्मविश्वास पुनर्निर्माण भएको छ र यसले राष्ट्रप्रतिको माया पनि बृद्धि गरेको छ ।’ विद्यालय पुनःनिर्माण सम्पन्न गर्न १२० अर्ब बजेट लाग्ने उनले बताए ।

उनले पुनर्निर्माणमा सरकारको स्रोतको बजेट कमी, स्थानीयको अवरोध तथा जग्गा उपलब्ध नहुनु, विद्यार्थी संख्या कम भएका विद्यालयमा निर्माणमा दुविधालगायतका समस्या रहेकोमा दुखेसो पोखे ।

विद्यालय पुर्ननिर्माणको गुणस्तरका विषयमा प्राधिकरणले जाँच गरेर काम गर्ने र यदि निरीक्षणबिना नै पैसा भुक्तानी गरेमा प्राधिकरण जिम्मेवारी रहनेमा उनले प्रष्ट पारेका थिए । त्यस्तै विद्यालयको पुर्ननिर्माण गर्दा अपुग जग्गाको व्यवस्थापन विद्यालय आफैले गर्नुपर्ने उनले औल्याए ।

एक हजार ६१५ विद्यालय निर्माणधीन अवस्थामा रहेको र विद्यालय व्यवस्थापन समिति, निर्माण व्यवसायी र गैरसकारी संस्थामार्फत् हाल विद्यालय पुनर्निर्माण भइरहेको छ । विभिन्न विद्यालयबाट आएका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आफ्ना विद्यालयका भवन निर्माणमा भएका समस्याका बारेमा प्रष्ट पारेका थिए ।

:129 Views

Leave a Reply