युरोस्टार मन्टेश्वरीमा बालमनोविद्

काठमाडौं । काठमाडौंको कोटेश्वरमा रहेको युरोस्टार मन्टेश्वरी (प्रिस्कुल) ले बाल मनोविज्ञान सम्बन्धि एक दिने अभिभावक र बालमनोविद्को अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

आजको व्यस्त समयमा घरमा अभिभावकहरुले पर्याप्त समय दिन नपाउँदा बाल बालिकाहरु मोवाइल, टिभी जस्ता मल्टिमिडियाहरुको कुलतमा फस्ने साथै अभिभावकहरुले आफ्नो बच्चाको मनोविज्ञान बुझ्न नसक्दा अभिभावक र बच्चाहरू बिचको दुरि बढ्दै जाने, बच्चाहरुको रुचि, चाहना इच्छा, आकङ्क्षालाई अभिभावकले बुझ्न नसक्ने आदि समस्याहरु पनि देखा परिरहेको अवस्थामा यस्तो किसिमको कार्यक्रमले अभिभावकहरुलाई आफ्नो बच्चाहरुको मनोभावना बुझी सोही अनुसार वातावरण तयार गर्न सहज हुने कुरा सहभागी अभिभावकहरुले बताए ।

अहिलेको समयमा हरेक अभिभावक, शिक्षक तथा विद्यालय संचालकलाई बालमनोविज्ञानको ज्ञान हुनु पर्नेमा जोड दिदँै कार्यक्रमका मुख्य वक्ता नेशनल प्रोग्राम सेन्टरका अध्यक्ष डा. सुशील कंडेलले विद्यालय तथा घर परिवारमा बालमैत्री वातावरण हुनुपर्ने बताए । उनले अभिभावकहरुका आफ्ना बच्चाहरुको गुनासाहरुको हल गर्ने उपायहरु दिएका थिए ।
विद्यालयले पारिवारिक वातावरणमा बालमैत्री सामग्रीको प्रयोग गर्दै मन्टेश्वरी विधि अनुशार मुस्कान सहित खेल्दै सिक्दै गर्ने तरिकामा जोड दिदै आएको विद्यालयका प्रिन्सिपल दीपा पान्डेय बताउँछिन् । बालबालिका काँचो माटो जस्तै हुन् उनीहरूले बाल्यकालमा सिकेका सीपहरु, निर्माण गरेका बानीहरु तथा आर्जन गरेका ज्ञानहरु नै उनीहरुको जिवनपद्धति बन्ने हुँदा सानैबाट उनीहरुलाई राम्रो संस्कार, असल शिक्षा कुरामा विद्यालयले जोड दिदै आएको उनी बताउँछिन् ।

हरेकदिन विद्यालयलाई अझ परिस्कृत, परिमार्जित र आधुनिकीकरण गर्दै लैजाने योजना अनुसार आफुहरु अगाडि बढेको कुरा विद्यालयका अध्यक्ष यादब पान्डे बताउँछन् ।

विद्यालय स्थापनाको छोटो समयमा नै धेरै अभिभावकहरुको मन जित्न सफल यस मन्टेश्वरीले मित्रपार्क, गौरिघाटमा अर्को शाखा खोली आफ्नो सेवा विस्तार गरेको छ ।

:1300 Views

Leave a Reply