ग्ल्याडस्टोन फुटसल ग्राउन्डको औपचारिक उट्घाटन

मध्यपुर थिमी । मध्यपुर थिमी मिलरोड ८ बोडे, भक्तपुरस्थित ग्ल्याडस्टोन एकेडेमीले आफ्नो विद्यालयमा निर्माण गरेको फुटसल ग्राउन्ड मध्यपुर थिमी नगरपालिकाका उपमेयर अन्जनादेवी मधिकर्मीको प्रमुख आतिथ्यमा एक कार्यक्रम बीच विधिवत उट्घाटन गरेको छ ।
वि.सं.२०५२ सालदेखि अनवरत रूपमा शिक्षा तथा सामाजिक सेवामा सक्रिय विद्यालय ग्ल्याडस्टोन एकेडेमीले व्यवहारिक तथा सीपमूलक शिक्षा प्रदान गर्नुका साथै विभिन्न खेलकुदका मार्फत बालबालिकाको शारीरिक, मानसिक तथा संवेगात्मक विकासमा आफ्नो अतुलनीय भूमिका निर्वाह गर्दै आएको छ ।

किताबी ज्ञानले मात्र आजको प्रतिस्पर्धात्मक विश्वमा सबल र सक्षम जनशक्ति उत्पादन हुन नसक्ने सत्यलाई मनन गर्दै समय समयमा विद्यालयले अन्य अतिरिक्त क्रियाकलापमा आफ्नो महत्वपूर्ण उपस्थिति जनाउँदै आएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगले आज बालबालिकाहरु एउटा कोठाभित्र सीमित भएको अवस्थामा बाहिरी खेलकुदप्रति रुचि जगाउने माध्यमका रूपमा विद्यालयले फुटसल ग्राउन्ड एउटा महत्वपूर्ण विकल्पका रूपमा लिएको विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइरालाले बताए । विद्यालयले फुटसल ग्राउन्ड निर्माण गरे पश्चात् कक्षा १ देखि १० सम्मका छात्र तथा छात्रा प्रत्यक्ष रूपमा लाभान्वित हुने विद्यालयको अतिरिक्त क्रियाकलाप समितिले विश्वास लिएको छ ।

औपचारिक रूपमा फुटसल ग्राउन्डको उट्घाटन गर्दै उपमेयर अन्जनादेवी मधिकर्मीले ग्ल्याडस्टोन एकेडेमीले शिक्षा तथा खेलकुदका मार्फत बालबालिकाको चौतर्फी विकासमा खेलको भूमिकाको प्रशंसा गर्नुका साथै आगामी दिनमा पनि विद्यालयले विशुद्ध रूपमा बालबालिका केन्द्रित कार्यक्रम सञ्चालन गर्ने विश्वास व्यक्त गरे ।

:229 Views

Leave a Reply