पालिकाले आफ्नो क्षेत्रका निजि विद्यालय बन्द गर्ने

भक्तपुर, २१ असार । सामुदायिक विद्यालयका शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुका लागि खुसीको खबर छ ।

कारण, भक्तपुरको चारवटा नगरपालिकामध्ये चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका सबै निजि विद्यालय बन्द गर्ने भएको छ ।

सामुदायिक विद्यालयका प्रअ, विद्यार्थी, शिक्षक र अभिभावक सहभागी शैक्षिक सामग्री वितरण कार्यक्रममा चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले बुधबार सो धारणा राख्दै ‘¥हासोन्मुख’ हुँदै गएको सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउने उपायको रुपमा निजि विद्यालय बन्द गर्ने विकल्प सुनाए ।

तर, त्यसको लागि उनले निजि विद्यालय बन्द गर्नका लागि कुनै नीति नबनाउने, कर बढी नलगाउने र दबाब पनि नदिने बताए । त्यसका लागि सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्ने उल्लेख गरे ।

‘चाँगुनारायण नगरपालिकाभरीका सबै निजि स्कुल बन्द गर्न चाहन्छौं, निजि स्ुकललाई दबाब दिएर होइन, कर बढी लगाए होइन, कानून बनाए होइन, सामुदायिक विद्यालयको गुणस्तर कायम गरेर हो ।’ उनले भने ।

उनले आगामी पाँच वर्षभित्रमा आफ्नो क्षेत्रमा रहेका कूल निजि स्कूलहरुमध्ये ५० प्रतिशत बन्द हुने र १० वर्षभित्रमा सबै निजि विद्यालय बन्द हुने प्रक्षेपण पनि गरे । ‘५ वर्षभित्र चाँगुनपाका आधा निजि स्कुल बन्द हुन्छन्, १० वर्षभित्र सबै बन्द हुन्छन् ।’ उनले भन । त्यसका लागि सामुदायिक विद्यालयको शिक्षा मजबुत हुनुपर्नेमा उनको जोड थियो । ‘त्यसका लागि सामुदायिक विद्यालय राम्रो हुनुपर्छ ।’

मेयर मिश्रले सामुदायिक विद्यालयमा कमीकमजोरी रहेकै कारण निजि स्कुल फस्टाएको चर्चा गर्दै सामुदायिक विद्यालयमा विद्यार्थीलाई आउँआउँको वातावरण बनाउनुपर्ने बताए । त्यसको लागि शिक्षक नै बढी जिम्मेवार हुनुपर्ने उनको सुझाव छ । विद्यार्थी पास हुनु र फेल हुनुको अर्थ विद्यार्थीको मात्र नभएर शिक्षकको पनि जाँच हो भन्ने शिक्षकले बुझ्नुपर्ने बताउँदै स्कुल पुगेपछि मात्र स्कुलको बारेमा सोच्न नहुने उल्लेख गरे ।

नगरस्तरीय बाल संरक्षण तथा संवद्र्धन समितिले आयोजना गरेको कार्यक्रममा उनले माध्यमिक शिक्षा परीक्षा एसईईमा नपाभरीबाट उत्कृष्ट भएका छात्र एक र छात्रा एकलाई नगद पुरस्कार सहित सम्मान गरेका थिए ।

:609 Views

Leave a Reply