स्थानीय पाठ्यक्रमसम्बन्धी कक्षा ७ मा अध्यापनरत शिक्षक–शिक्षिकाहरुलाई अभिमुखीकरण

भक्तपुर | भक्तपुर नगरपालिकाको आयोजनामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ९२ वटा विद्यालयहरुका कक्षा ७ मा अध्यापनरत शिक्षक र शिक्षिकाहरुका लागि स्थानीय पाठ्यक्रयमसम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय पाठ्यक्रमलाई नगरका सम्पूर्ण विद्यालयहरुले सफल रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँले देशको सम्पूर्ण स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने, स्वायत्तता र विकेन्द्रीकरणको सिद्धान्तअनुरुप सरकार अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
मठाधीस र महन्तहरु सामन्तवादका जराहरु भएको औंल्याउँदै उनले गुठी जग्गामा मोहियानी हकको बन्दोबस्त हुनुपर्ने र सम्पूर्ण गुठीको जिम्मा स्थानीय तहहरुलाई दिनुपर्ने बताए । भक्तपुर नगरपालिकाले कुनै व्यक्ति विशेषलाई नभई सिंगो समाजको हितमा काम गर्ने र नगरभित्रका सामुदायिक र निजी विद्यालयहरुको शैक्षिक स्तर उकास्न अनुगमन समितिमार्फत् विद्यालयका गतिविधिहरु अनुगमन गरिने जानकारी दिए ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले भक्तपुर नपा स्थानीय पाठ्यक्रम सफलताका साथ लागु गर्ने स्थानीय तह भएको बताउनुहुँदै विद्यार्थीलाई स्थानीय परिवेशअनुसार यहाँको भाषा, कला, संस्कृति र चाँडपर्व आदिबारे जानकारी दिनु आवश्यक भएको बताए ।
भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले स्थानीय पाठ्यक्रम फराकिलो विषय भएको औंल्याउनुहुँदै विद्यार्थीलाई पाठ्यपुस्तक भन्दा पाठ्यक्रमको आधारमा अध्यापन गराउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजपातिले ‘एक विद्यालय एक सम्पदा क्षेत्र सरसफाइ’ कार्यक्रमअन्तर्गत नगरका विद्यालयहरुले सम्पदा क्षेत्र सरसफाइ गरेकामध्ये भक्तपुर नपाका उत्कृष्ट विद्यालयहरुलाई सरसफाइ कार्यको उच्च मूल्यांकन गर्दै नगद रु. ५००० सहित प्रमाणपत्र र कुहिने–नकुहिने फोहर राख्ने कम्पोष्ट बिन वितरण गरिएको थियो ।
उत्कृष्ट विद्यालयहरुमा भक्तपुर नपा वडा नं. १ को गणेश मावि, वडा नं. २ स्थित शारदा मावि, वडा नं. ३ को महेन्द्र विद्याआश्रम, वडा नं. ४ को साइनिङस् स्टुडेन्ट्स एकेडेमी, वडा नं. ५ को विद्या आर्जन इंगलिस सेकेन्डरी स्कूल, वडा नं. ६ प्रभात मावि, वडा नं. ७ का सुर्योदय मावि, वडा नं. ८ को भीम आदर्श आधारभूत विद्यालय, वडा नं. ९ स्थित सिद्धी शारदा आधारभूत विद्यालय र वडा नं. १० को स्कलर्स होम एकेडेमी स्कूल रहेका छन् ।
कार्यक्रममा पाठ्यक्रम कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छें, सदस्यहरु सिद्धिरत्न शाक्य, उद्धब सुजखु, राजेन्द्र श्रेष्ठ र रोशनराज तुईतुईले कक्षा ७ को स्थानीय पाठ्यक्रमबारे अभिमुखीकरण गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव