हिज्जे प्रतियोगितामा शंखधर पहिलो

मध्यपुर थिमि । जी सेभेन एजुकेशनल फोरमद्वारा ज्ञानसुधा पाठशाला बोडेमा आयोजित अन्तर विद्यालय हिज्जे प्रतियोगितामा सिनियर तर्फ शंखधर मेमोरियल स्कुल दधिकोट पहिलो भएको छ । त्यसैगरी सिनियर तर्फ सुप्रिम एकेडेमी दोस्रो र अमिनटि इंग्लिस स्कुल तेस्रो भएका छन् ।
जुनियर तर्फ सुप्रिम एकेडेमी पहिलो, शंखधर मेमोरियल दोस्रो र माउण्ट सिनाई बोर्डिङ्ग स्कुल तेस्रो भएका छन् । विजयी विद्यार्थी र विद्यालयलाई मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले शिल्ड, पदक र प्रमाणपत्र प्रदान गर्दै अन्तर स्कुल बौद्धिक प्रतिस्पर्धा गर्दा विद्यार्थीहरु बिच ज्ञान, सहकार्य र मित्रता बढ्ने बताए ।
जी सेभेन एजुकेशनल फोरम अन्र्तगत ज्ञानसुधा पाठशाला, सुप्रिम एकेडेमी, शंखधर मेमोरियल स्कुल, अमिनटि इंग्लिस स्कुल, माउण्ट सिनाई इंग्लिस स्कुल, ग्लोरी इंग्लिस स्कुल र जनचेतना इंग्लिस स्कुल रहेको छन् ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव