‘अनि छुट्यो शिक्षामन्त्रीको पसिना’

भक्तपुर, ११ साउन । भक्तपुर नगरपालिकाले आफ्नै पहल र लगानीमा शिक्षामा लगानी गरिरहेको छ । नगरपालिकाको आफ्नै आम्दानीबाट ७ वटा शैक्षिक संस्था र स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको छ ।
यतिमात्र नभएर भक्तपुर नगरपालिका अहिले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने योजनामा छ । त्यस निम्ति नगरपालिकाले तदारुकताका साथ योजना बनाउने काममा लागिरहेको छ ।
स्थानीय तहबाट सञ्चालित हुने पहिलो विश्वविद्यालय भनेर संसदमै पनि विधेयक दर्ता भइसकेको छ । विधेयक दर्ता भए पनि अझ पनि संसदमा टेबल हुन नपाउँदा ख्वप विश्वविद्यालय आउन नसकेको बताउँदै नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनीधिसभा सदस्य प्रेम सुवालले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको प्रगतिले सरकारमा गएका दलका नेताहरु र शिक्षामन्त्री समेत तर्सेको बताए ।
भक्तपुर नगरपालिका वडा नं. १ भार्वाचोमा रहेको गणेश माध्यमिक विद्यालयले आयोजना गरेको एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा मार्गनिर्देशन कार्यक्रममा सांसद सुवालले सरकारको कारण ख्वप विश्वविद्यालयको अनुमति नपाएको बताए ।
‘अहिले भक्तपुर नगरपालिकाले ७ वटा शैक्षिक संस्था सञ्चालन गरिरहेको छ । ती शैक्षिक संस्थाहरुले न्यूनत्तम शुल्कमा शिक्षा प्रदान गरिरहेको छ । त्यो काम नगरपालिकाले गरिरहेको छ । नगरपालिकाले हस्पिटल र शिक्षालय खोल्दा शिक्षामन्त्रीको पसिना छुटेको छ ।’
नले सरकार स्थानीय तहलाई भन्दा व्यक्तिलाई कलेज तथा अस्पताल सञ्चालन गर्न दिनेप्रति उद्यत रहेको र त्यसविपरीत नगरपालिकाले काम गर्दा मन्त्रीहरु तर्सेको उल्लेख गर्दै भने ।
उनले शिक्षण पेशालाई सरकारले नै बद्नाम गरेको र मर्यादित बनाउन नसकेको बताउँदै विद्यार्थीलाई देशको आवश्यकता पूरा हुने विषय रोज्न सुझाव दिए । कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान गर्दै सांसद सुवालले शिक्षाको माध्यमबाट जनताको सेवा गर्ने काम पार्टीबाट विजयी जनप्रतिनीधिहरुले गरिरहेको बताए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरका प्रमुख हरि दाहालले कक्ष १० सम्ममात्र विद्यालय शिक्षा हो भन्ने भ्रमलाई निराकरण गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
उनले विद्यालयको सफलताले नै शिक्षाको स्तर मापन गर्ने बताउँदै आवश्यक दरबन्दीका लागि स्थानीय तहसँग समन्वयको काम भइरहेको बताए ।
बासु माविकी प्रअ अम्बिका न्याइच्याईले विद्यार्थीलाई असल बनाउने काम शिक्षकको भएको बताइन् ।
सो विद्यालयबाट एसईई २०७४ उत्तीर्ण २२ विद्यार्थीलाई सम्मान गरिएको कार्यक्रममा विद्यालयका प्रअ गंगाप्रसाद याकामी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर दुगुजुले पनि बोलेका थिए ।
:435 Views
सम्बन्धित अभिलेखहरू
विद्यालयका बस चालकलाई ट्राफिक सुरक्षा सम्बन्धी सचेतना
विनायकलाई अन्तराष्ट्रिय जुरान अवार्ड
ब्रिजवाटर कप फुटबल प्रतियोगिता मंसिर २९ गतेदेखि हुँदै
मध्यपुर नगरपालिका कपमा विनायक विजयी
इसिइबिसि सम्मेलनः शिक्षकका लागि व्यावहारिक सिप
युथ मिट २०१९ सम्पन्न
मुख्य खबरहरु
एकै विद्यालयमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्म
‘सामान्य विद्यार्थी जसरी पढ्ने समय भएको भए अझ राम्रो नतिजा आउँथ्यो’
मिस लिटिल नेवा ११३९ सनिशा भन्छिन् ‘इन्टरनेट नचलाएको भए मिस नेवाबारे थाहा नै हुन्नथ्यो’