भक्तपुर प्याब्सनको रक्तदान कार्यक्रम

भक्तपुर, जेठ ३२ । भक्तपुर नगर कार्यसमिति प्याब्सनले यो वर्षको पहिलो कार्यक्रम स्वरुप भक्तपुरको सिद्धपोखरीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान नै जीवनदान भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिका, विद्यार्थी, पत्रकार लगायत विभिन्न आगन्तुक महानुभावको सहभागिता रहेको थियो ।
कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको सहकार्यमा सो कार्यक्रम भएको थियो । भक्तपुर नगर कार्यसमिति प्याब्सनका अध्यक्ष रमेशचन्द्र श्रेष्ठले कार्यक्रम सफलतापुर्वक सम्पन्न भएकोमा सम्पूर्ण सहयोगी हातहरुप्रति हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।
:831 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव