शिक्षकले किन पढ्ने ?

योगेन्द्रमान बिजुक्छेँ प्रिन्सिपल, जेन्यूइन सेकेन्डरी स्कुल

पठन संस्कृति भनेको मानवमा नभई नहुने संस्कृति हो । हामी अहिले जुन स्थानमा छौँ त्यसको श्रेय पठन संस्कृतिलाई नै दिनुपर्छ । यदि हामीले पठन संस्कृतिलाई अगाडि नबढाएको वा पठन संस्कृति नै नभएको भए हामी त्यही ढुंगेयुगमा हुन्थ्यौँ होला । पठन संस्कृतिकै कारण मान्छे मान्छे भएका छन् । मान्छेमा संस्कार र संस्कृति छ । पठन संस्कृति भनेको किताब मात्रै पढ्ने होइन, कुनै पनि कुराको चिन्तन् र मनन् गर्ने, अभिलेख राख्ने भन्ने बुझ्छु ।

पढ्ने शिक्षक पनि छन् भने नपढ्ने शिक्षक पनि छन् । यदि कोही शिक्षण पेसामा लाग्छ भने उसले अनिवार्य रूपमा पढ्नैपर्छ । शिक्षक भएर नपढ्ने हो भने त्यो विधामा उसलाई शिक्षक मान्न सकिन्न । मेरो बानी कस्तो छ भने बच्चालाई नयाँ कुरा दिन पाएँ भने मलाई आत्मसन्तुष्टी मिल्छ । बजारमा गएर नयाँ किताब किनेर पढिहाल्छु ।

शिक्षकले समयअनुसार आफूलाई अपडेट गर्न भए पनि किताब त पढ्नैपर्छ र आफ्नो स्तरलाई बढाउन पनि शिक्षकमा पठन संस्कृतिको विकास गर्न जरुरी छ । हरेक शिक्षक चाहे उसले कलेजमा वा स्कुलमा जहाँ पढाए पनि किताब त पढ्नैपर्छ । शिक्षकले बच्चालाई पढायो सकियो, त्यो हुनुहुँदैन । बालबालिका भनेका भविष्यका कर्णधार हुन् र भविष्यका कर्णधारलाई सिकाउन पनि शिक्षकले पहिला सिक्नु र पढ्नु जरुरी छ । त्यसकारण शिक्षकले पढ्नैपर्छ, पठन संस्कृतिलाई पनि विकास गर्नैपर्छ ।

शिक्षकले आफ्नो विषयवस्तुका किताबबाहेक शिक्षासँग सम्बन्धित अन्य कुरा पनि थाहा पाउनैपर्छ । खालि विद्यार्थीको कापी जाँचेर उनीहरूलाई कोर्सका किताब मात्रै पढाएर हुँदैन । पत्रपत्रिका वा मिडियामा नै नयाँ–नयाँ विषयवस्तु आइरहेका हुन्छन् । ती विषयमा आफू पनि अपडेट भई बच्चालाई पनि अपडेट गराउनुपर्छ ।

शिक्षकको काम सिकाउने हो । सिकाउनका लागि पढ्नुपर्छ । नपढ्नेले सिकाउन त के, आफू पनि सिक्दैन । शिक्षकले निरन्तर पढिरहनुपर्छ । संसारका शिक्षक रातदिन पढ्छन । आफू पढेर आफ्ना शिष्यलाई पढ्ने प्रेरणा दिन्छन् । यो शाश्वत हो । यही संस्कारले अहिलेसम्म शिक्षामा पढ्ने–पढाउने काम गर्दै आएको छ । चुरो कुरो यही हो ।

यसमा शिक्षकको भूमिका तथा योगदान महत्वपूर्ण रहेको छ । कम्तीमा पनि दिनको एक घन्टाजति शिक्षकले समसामयिक विषयमा विद्यार्थीलाई जानकारी दियो भने पनि लाभदायी हुन्छ । विद्यार्थीमा ज्ञानको विकास तथा पढाइप्रति रुचि जगाउन शिक्षकको विशेष भूमिका रहेको हुन्छ । अहिलेको समय पुँजीवादी सेरोफेरोमा रहेको छ । अहिले के विकृति छ भने कलेज अथवा स्कुलमा पढायो, तर पढ्ने बानी छैन । यसका लागि स्कुलमा पनि लाइब्रेरीको उचित व्यवस्था हुनप¥यो । विषयगत शिक्षकले कुन किताबमा के छ भन्ने कुरा थाहा पाउनुप¥यो । यदि शिक्षक त्यो हिसाबमा गएको भए विद्यार्थीलाई सोहीअनुसार अपडेट गर्न सकिन्थ्यो र अन्ततः उनीहरूमा पनि राम्रो खालको किताब पढ्नुपर्छ भन्ने कुराको विकास हुन्थ्यो । त्यसैले शिक्षकले पनि विद्यार्थीलाई यो किताबमा यो छ भनेर पढ्दाको फाइदाबारे मात्रै पनि ज्ञान दिन सक्यो भने शिक्षकसँगसँगै विद्यार्थीको पनि विकासमा मद्दत दिन्छ ।

सबैको घरमा पठन परिवेश नहुन सक्छ र सम्भव पनि छैन । त्यसैले विद्यार्थीलाई विद्यालयमा नै अनिवार्य पढ्न लगाइयो भने उनीहरूमा पठन संस्कृतिको विकास हुन सक्छ । हाम्रो स्कुलमा पनि लाइब्रेरीको राम्रो व्यवस्था छ । नयाँ–नयाँ किताब जति पनि बजारमा आएका छन्, स्कुलमा हामीले उपलब्ध गराउँदै आएका छौँ । कतिपय शिक्षक कोर्सबाहेक अन्य किताब पढाउनुलाई बोझ मान्ने गर्छन् । शिक्षकले कोर्सका किताब पढाउनैपर्छ भने लाइब्रेरीको किताब प्रयोग गरेर विद्यार्थीलाई बाहिरी ज्ञान दिन पनि जरुरी छ ।

शिक्षकले आफ्नो विषयमा मात्र नभई बाहिरी कुरामा पनि निकै सक्रिय हुन आवश्यक छ । यो मात्र होइन कि नेपाली शिक्षकले मात्रै साहित्यिक कुरा पढेर विद्यार्थीलाई बाहिरी ज्ञान प्रदान गर्नुपर्छ । गणित पढाउने शिक्षकले पनि गणित विषयमा आएका नयाँ कुराबारे अपडेट हुन आवश्यक छ । कुनै पनि विषयलाई अलग राख्न सकिन्न । हरेक विषय एक–आपसमा सम्बन्धित हुन्छन् । जसको कारणले गर्दा गणित विषय पढाउने शिक्षकले गणितमा मात्रै विषयगत कुरा हेर्नुपर्छ भन्ने छैन । उसले अन्य पुस्तक पनि पढ्नु जरुरी छ ।

शिक्षक भनेको स्कुलको सदस्य हो । उनीहरूलाई पनि किताब पढ्न जागरुक गराउन विद्यालयको ठूलो भूमिका रहेको हुन्छ । त्यसका लागि स्कुलको लाइब्रेरीको वातावरण नै पढूँ पढूँ लाग्ने बनाउनुपर्छ । बजारमा चलेका किताबको व्यवस्था मिलाउनुपर्छ । साथै, नीतिनियम पनि ल्याउन जरुरी छ । शिक्षक र विद्यार्थी दुवैलाई अनिवार्य बाहिरी किताब पढ्न प्रेरित गरेर उनीहरूले पढेका कुराको मूल्यांकन गर्न सकियो भने सबैलाई किताबप्रति मोह जाग्न सक्छ । साथै, पठन संस्कृतिको महत्वबारे बेलाबेलामा परामर्श कार्यक्रम गराउन आवश्यक छ ।

शिक्षकको काम सिकाउने हो । सिकाउनका लागि पढ्नुपर्छ । नपढ्नेले सिकाउन त के, आफू पनि सिक्दैन । शिक्षकले निरन्तर पढिरहनुपर्छ । संसारका शिक्षक रातदिन पढ्छन । आफू पढेर आफ्ना शिष्यलाई पढ्ने प्रेरणा दिन्छन् । यो शाश्वत हो । यही संस्कारले अहिलेसम्म शिक्षामा पढ्ने–पढाउने काम गर्दै आएको छ । चुरो कुरो यही हो ।

संसारले नपढेको कुरा शिक्षकले पढ्छ । प्राध्यापकले पढ्छ । वकिलले पढ्छ । लेखक, कवि र कलाकारले पढ्छन् । समालोचकले पढ्छ । निर्देशकले पढ्छ । गायकले पढ्छ । वैज्ञानिकले पढ्छ । पढ्नेले पढेन भने त अचम्म हुन्छ । अपसगुन हुन्छ । आश्चर्य हुन्छ । संसारको आठौँ आश्चर्य । त्यसैले शिक्षक भएर आठौँ आश्चर्य भई सामान्य ज्ञानमा दरिनका लागि नपढ्ने नहोऔँ । पढौँ । खुब पढौँ । अब पढौँ । अहिले पढौँ । आजै पढौँ ।

संसारले नपढेको कुरा शिक्षकले पढ्छ । प्राध्यापकले पढ्छ । वकिलले पढ्छ । लेखक, कवि र कलाकारले पढ्छन् । समालोचकले पढ्छ । निर्देशकले पढ्छ । गायकले पढ्छ । वैज्ञानिकले पढ्छ । पढ्नेले पढेन भने त अचम्म हुन्छ । अपसगुन हुन्छ । आश्चर्य हुन्छ । संसारको आठौँ आश्चर्य । त्यसैले शिक्षक भएर आठौँ आश्चर्य भई सामान्य ज्ञानमा दरिनका लागि नपढ्ने नहोऔँ । पढौँ । खुब पढौँ । अब पढौँ । अहिले पढौँ । आजै पढौँ । सके प्रत्येक साता एक–एकवटा किताब पढौँ । नसके पनि महिनामा एउटा अवश्य पढौँ । त्यो पनि नसके आफूसम्बद्ध शिक्षा क्षेत्रका पत्रपत्रिका पढौँ । किनेर पढौँ । खोजेर पढौँ । मागेर पढौँ । सापट लिएर पढौँ । पढेर नपढेकासँग कुरा गरौँ । तर, लाग्ने कुरा गरौँ । पानीजस्ता पातला कुरा नगरौँ । किताब र पत्रिका पढ्नुमा आकाश–जमिन अन्तर छ । किताबबाट ज्ञान मिल्छ भने पत्रिकाबाट सूचना । के चाहिएको हो ? छानाँै र जानौँ ।

अहिलेको युग तर्कको हो । भन्नेले जतातिर तर्क उतैतिर फर्क भनेका छन् । दर्शनको दाउन तर्क । राजनीतिको बीज तर्क । कलाको सुगन्ध तर्क । साहित्यको चुरो पनि तर्क । शिक्षाको मेरुदण्ड पनि तर्क । जोसँग तर्क छैन ऊ तुरिन्छ । सकिन्छ । सकिनु भनेको वैचारिक मृत्यु हो । कोही पनि बा“चीबा“ची मर्न चाहँदैन । जसरी पनि बाँच्नै चाहन्छ । यो मानिसको उत्कट चाहना हो । अहिले नपढे कहिले पढ्ने ? अब नपढे कहिले पढ्ने ? सामान्य ज्ञानमा नदरियौँ । बस्, खुसीले पढौँ । सुखी हुनका लागि पढौँ । आनन्दको खोजीमा भए नि पढौँ । परमानन्दको खोजीका लागि भए पनि पढौँ । जोगी भए पनि पढौँ । भोगी भए पनि पढौँ । कसैले केही भन्छ कि भन्ने डर नमानौँ । कुरा बुझौँ । पढ्ने मानिससँग संसारै डराउँछ । बरू झुक्छ । बाँस झुकेझैँ ।

मानिस पढेरै ठूलो भाको हो । यहाँ ‘ठूलो’ भनेको असल मानेमा हो । नपढी कोही पनि ठूलो हुँदैन । नपढेको मानिस रूपमा ठूलो भए पनि त्यो व्यक्तित्वमा सानो हुन्छ । पढेको मानिस रूपमा सानो भए पनि व्यक्तित्वमा ठूलो हुन्छ । मानिसलाई आममानिसबाट पहिचान दिलाउने भनेकै शिक्षाले, विद्वताले, विचारले, तर्कले, बुद्धिले, प्राज्ञले, सीपले, अभिव्यक्तिले, लेखनशक्तिले र वाक्पटुताले हो । मीतभाषीहरू पढैया । मिष्ठभाषीहरू पढैया । त्यस्तै ,मृदुभाषीहरूमा पनि पढ्नेलेख्ने अतुलनीय विशेषता विद्यमान भएको हुन्छ । मानिस पढैया छ या छैन, उसको एक झल्को अभिव्यक्ति वा एक हरफ लेखनबाटै पत्तो लाग्छ । परिभाषाको यो छनकलाई उसको पढ्नेलेख्ने गहनापरक बानीले नै पाइन हाल्छ । नपढ्ने मान्छे जतिसुकै बकबक गरे पनि उसको अज्ञान केही क्षणमै थाहा भइहाल्छ । अनि पढ्ने मानिसले जतिसुकै ढाकछोप गरेर म पढ्दिनँ भने पनि उसको परिचयको एक झुल्कोले नै किरण बताइहाल्छ ।

:1175 Views

Leave a Reply