नेपालमा पहिलो पटक केनदामा प्रतियोगिता भोलि हुँदै

भक्तपुर, ७ असार । नेपालमा पहिलो पटक जापानी खेल केनदामा प्रतियोगिता भोलि हुने भएको छ । शुक्रबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै भोलि असार ८ आइतबार स्पर्धा हुने जानकारी दिइएको हो ।
नेपाल केनदामा नेटवर्कका संयोजक पुण्यराम कवां यो खेलले विद्यार्थीको शारिरीक र मानसिक विकास गर्ने बताउँछन् । खेलका विषयमा उनी भन्छन्, ‘केनदामा आँखा र हातबचिको तालमेल मिलाउँदै बल र कपको प्रयोगबाट खेलिन्छ । यो खेलमा प्रयोग हुने बल, धागो, कप र खेल विधिले सन्तुलन मिलाउन र ध्यान केन्द्रित गर्न सहयोग गर्छ ।’ नेपालभरि ५ वर्षभित्र यसलाई प्रोजेक्टको रुपमा विकास गरी अन्तर्राष्ट्रिय रुपमा नेपालका विद्यार्थीलाई सो खेलमा सहभागी गराउने संस्थाको लक्ष्य रहेको उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा केदनामा खेलका विश्व विजेता कुबोटाले खेल खेल्न सकिने विभिन्न तरिका प्रस्तृत गरेका थिए । त्यस्तै जापानको कान्सेइ गकुइन युनिभर्सिटिका प्रोफेसर नारु एजाकीले केनदामा खेलबाट विद्यार्थीको सिक्ने क्षमता बढ्छ भन्ने विषयमा अनुसन्धान पनि गर्न लागिएको बताइन् ।
नेपाल केनदामा नेटवर्कको आयोजनामा हुने स्पर्धामा पारागन एकेडेमी, चम्पक विद्यापीठ, हिमालयन ग्लोरी र डेमोस स्कुल गरी जम्मा ८४ जना विद्यार्थीबिच प्रतिस्पर्धा हुने छ । स्पर्धामा प्रथम, द्वितीय र तृतयि हुने विद्यार्थीलाई मेडल र प्रथम हुने विद्यालयलाई रनिङ्ग सिल्ड प्रदान गरिने आयोजकले बताएको छ ।
:636 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव