नेपालमा पहिलो पटक भएको केनदामा स्पर्धामा चम्पक विद्यापिठ विजयी

भक्तपुर, ९ असार । नेपालमा पहिलो पटक सञ्चालन गरिएको जापानी खेल केनदामा प्रतियोगितामा भक्तपुरको विद्यापिठ विजयी भएको छ ।
आइतबार भएको स्पर्धामा पारागन एकेडेमी दोस्रो र हिमालय ग्लोरी तेस्रो भएको थियो । स्पर्धामा चम्पक बिद्यापीथले ५ सय ८८ अंक र पारागन एकेडेमीले ५३८ अंक ल्याएको थियो ।
नेपाल केनदामा नेटवर्कका संयोजक पुण्यराम कवां यो खेलले विद्यार्थीको शारिरीक र मानसिक विकास गर्ने भएकाले सो खेललाई महत्व दिइएको बताउँछन् ।
नेपाल केनदामा नेटवर्कको आयोजनामा भएको कार्यक्रमको उद्घाटन जापानी राजदुतावासका सहायक राजदुत योशिवोकाले गरेका थिए । कार्यक्रममा जाइकाका नेपाल च्याप्तर आसकुमा, ओसाका हिरानो क्लब जापान रातरिएन र क्वान्सेइ गाकुइन युनिभर्सिटीका प्रोफेसर डाक्टर ताकेशी सेकियाले केनदामा खेलका बारेमा चर्चा गरेका थिए ।
तीन चरणमा सम्पन्न उक्त प्रतियोगितामा केनदामा त्रिक प्रतियोगितामा पारागनका नवराज श्रेष्ठले र चम्पक विद्यापीथका गिरिशले १०४ स्कोर गरेर प्रथम भएका छन् । केनदामा दौडमा पारागनका बिध्यार्थीहरुले प्रथम स्थान हासिलगरेका थिए भने मोशिकामे चुनौती प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान चम्पक बिद्यापीथले हासिल गर्न सफल भएको थियो ।
स्पर्धामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीलाई मेडल र प्रथम भएको विद्यालयलाई रनिङ सिल्ड प्रदान गरिएको थियो ।
:1384 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव