‘स्थानिय सरकारले शिक्षक सेवा आयोग पास भएकालाई मात्र शिक्षकमा राखौँ’ : शिक्षा मन्त्री

भक्तपुर, ९ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्थानिय सरकारलाई विद्यालयमा शिक्षक छनोट गर्दा शिक्षक सेवा आयोग पास भएकालाई मात्र शिक्षक राख्न अनुरोध गरेका छन् । चाँगुनारायण नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम ‘हाम्रो चाँगुनारायण’ सार्वजनिक कार्यक्रममा मन्त्री पोखरेलले सामुदायिक विद्यालयमा शिक्षक राख्दा नातावाद नहेरि गुणात्मक शिक्षक छनोटमा जानुपर्ने बताएका छन् ।
देशभर अहिले पनि करिब सात लाखले शिक्षण अध्यापन अनुमतिपत्र लिएको भएता पनि धेरै वेरोजगारी रहेको उनले जानकारी दिए ।
मन्त्री पोखरेलले आगामी योजना सुनाउँदै भने, ‘हाम्रो लक्ष्य भनेको शिक्षित नेपाल बनाउने हो । सामुदायिक विद्यालयले वर्गलाई समान गराउने भएकाले यसलाई सवल बनाउने, स्कुलमा बृहत हरियाली बनाउन वृक्षरोपण गर्ने योजना रहेको छ । त्यस्तै विश्व विद्यालय शिक्षामा नयाँ अनुसन्धानलाई जोड दिने छौँ ।’
नेपालको शिक्षामा ३ घण्टाको परिक्षाले विद्यार्थीलाई मुल्याङ्कन गरिने र घोकन्ते शिक्षामा केन्द्रित भएकोमा उनको गुनासो छ । अहिले प्राविधिक शिक्षामा भएका विद्यार्थी बढाएर आगामी दिनमा ८० प्रतिशत विद्यार्थी प्राविधिक, व्यवहारिक र सिपमूलक शिक्षामा लाग्न प्ररित गर्नुपर्नेमा उनले जोड दिए ।
त्यस्तै शिक्षामा क्रान्ति र परिवर्तन गर्ने हो भने सिकाइ केन्द्रित अध्यापन हुनुपर्ने बताउँदै उनी भन्छन्, ‘शिक्षा जागिर खाने ठाउँ होइन । स्कुलको रुपान्तरण र विद्यालयमा शिक्षकले दिइने धयानबाट शिक्षकको मुल्याङ्कन हुन्छ । त्यसैले शिक्षकले नयाँ पुस्तालाइ सहि ढङ्गले सिकाउन सक्नुपर्छ ।’
कार्यक्रममा नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले चाँगुनारायण नगरपालिकाले कक्षा ६, ७ र ८ का लागि ‘हाम्रो चाँगुनारायण’ नामक पाठ्यक्रम निर्माण गरी यस वर्ष कक्षा ८ को मात्र पाठ्यक्रम अनिवार्य रुपमा लागु गर्ने जानकारी दिए । कक्षा ६ र ७ का पाठ्यक्रम अर्को शैक्षिक सत्रबाट लागु गरिने उनले बताए ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव