नौलो ज्योतिमा साहित्यिक कार्यक्रम

भक्तपुर । नौलो ज्योति अङ्ग्रेजी स्कुलमा अतिरिक्त कृयाकलापमध्ये सदनात्मक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । दुई चरणमा गरिएको उक्त कार्यक्रमको पहिलो चरणमा कक्षा ४ देखि ६ सम्म र दोस्रो चरणमा कक्षा ७ देखि १० सम्मका विद्यार्थी भाइबहिनीहरू प्रतिस्पर्धामा उत्रिएका थिए । जस अन्तर्गत कक्षा ४ देखि ६ सम्ममा बक्तृता प्रतियोगितामा कक्षा ६ की छात्रा कोपिला यादव, नमुना रायमाझी, आशिका थापा मगर र यशश्वी खड्का क्रमशः प्रथम, द्धितीय , तृतीय र सान्त्वना भएका थिए भने कविता प्रतियोगितामा कोपिला यादव प्रथम, पल्लवी पाण्डे द्धितीय र सुप्रिना श्रेष्ठ तृतीय भएका थिए ।
त्यस्तै कक्षा ७ देखि १० सम्मभने आशु निबन्ध बादविवाद र कविता गरेर तीनवटा विधामा प्रतिस्पर्धा गरिएको थियो । जसअन्तर्गत आशु निबन्ध तर्फ कक्षा १० का छात्र अनितमणि भण्डारी प्रथम, ९ का ओनेक्स श्रेष्ठ द्धितीय र १० कै चनक बहादुर तृतीय भएका थिए भने वादविवादमा कक्षा ८ की छात्रा दीया श्रेष्ठ प्रथम, ९की काजल बस्नेत द्धितीय र ८ कै रश्मी शाह तृतीय भएका थिए । कवितामा भने कक्षा १० की छात्रा कञ्चन खड्का प्रथम, छात्र अनितमणि भण्डारी द्धितीय र नीता गिरी तृतीय भएका थिए ।
विद्यालयका प्रधानाध्यपक शिवकृष्ण श्रेष्ठको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमको सञ्चालन शिक्षिका सुशीला श्रेष्ठले गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य विद्यालयका मा.वि. इन्चार्ज राजेन्द्र सिग्देलले दिएका थिए भने प्रतियोगिताको निर्णायकको भूमिका डिल्लीराम गौतम र राजेन्द्र सिग्देलले गरेका थिए । उक्त प्रतियोगिताका विजेता विद्यार्थी भाइबहिनीहरूलाई कार्यक्रमा सभापति एवं प्रधानाध्यापक शिवकृष्ण श्रेष्ठबाट विभिन्न पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको समापन मन्तव्य दिदै सभापतिबाट विद्यार्थीहरूले नियमित अध्ययनबाहेक अतिरिक्त कृयाकलापमा सहभागी हुँदा आफूमा भएको प्रतिभा प्रस्फुटन गर्ने मौका पाउने मात्र होइन उनीहरूको आत्मविश्वास बढ्नुका साथै बौद्धिक विकास पनि हुने विचार व्यक्त गरेका थिए ।
:441 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव