एसईईको नतिजा सार्वजनिक, नतिजा कसरी हेर्ने ?

भक्तपुर, १२ असार। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएको छ । एसईईमा देशभरबाट ४ लाख ५९ हजार २ सय ७५ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने ५० जनाको विविध कारणले परीक्षा रद्द भएको बताइएको छ। चैत १० गतेदेखि २१ गतेसम्म देशका एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो।
प्रदेश नं १ बाट – ८३ हजार ६ सय १८, प्रदेश नं २ बाट – ७० हजार ५ सय १८, प्रदेश नं ३ बाट – १ लाख हजार दुई, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट– ७६ हजार ९ सय ८३, कर्णाली प्रदेशबाट – ३५ हजार ६ सय ३४ र सुदुरपश्चिम प्रदेशबाट – ५३ हजार ९ सय ७२ विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
परीक्षाको लागि २९ हजार ५ सय ३५ सुरक्षाकर्मी परिचालन गरिएको थियो। अनिवार्य छवटा विषयको प्रदेशअनुसार फरक प्रश्नपत्रको व्यवस्था गरिएको थियो। परीक्षा नियन्त्रण कार्यालयले नतिजा वेभसाइट, एसएमएस र आइभिआरबाट पनि थाहा पाउन सकिने व्यवस्था गरेको छ ।
नतिजा कसरी हेर्ने ?
:1273 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव