भक्तपुरको आदर्श जनप्रेमीका २ र विनायक स्कुलका १ विद्यार्थीले ल्याए ४ जिपिए

भक्तपुर, १३ असार । २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा हिजो प्रकाशन भएको छ ।
नतिजा अनुसार भक्तपुर कौशलास्थित आदर्श जनपे्रमीका कञ्चन श्रेष्ठ र अनुप काफ्लेले ४ जिपिए ल्याएका छन् । विद्यालयको ऐतिहासिक २५ औँ ब्याचका दुई विद्यार्थीले ४ जिपिए ल्याएर इतिहास रचेको विद्यालयका प्राचार्य निलेश आचार्य बताउँछन् । उनले जिपिए ३.६ भन्दा माथि ३५ जना, ३.२ भन्दा माथि २२ जना, २.८ भन्दा माथि ५ जना, २.४ भन्दा माथि १ जना र २.० भन्दा माथि १ जना रहेको बताए ।
यता भक्तपुर मध्यपुरथिमीस्थित विनायक शिक्षा निकेतन स्कुलकी रोजा श्रेष्ठले पनि ४ जिपिए ल्याएकी छिन् । १२ वर्षपछि खोला फर्किन्छ भनेझैँ २०६४ सालमा यसै विद्यालयकी छात्रा सिल्भिया बज्राचार्यले बोर्ड फस्ट ल्याइकी थिईन् । आज १२ वर्षपछि रोजाले ४ जिपिए ल्याएर अर्को इतिहास रचेको विद्यालयका प्रधानाध्यपाक सुरेन्द्र विक्रम प्रजापतिले नुवागीलाई बताए । उनले जिपिए ३.६ भन्दा माथि २७ जना, ३.२ भन्दा माथि ४२ जना, २.८ भन्दा माथि ३ जना, २.४ भन्दा माथि १ जना रहेको जानकारी दिए ।
:1393 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव