असार पन्ध्रको परिप्रेक्षमा जुजुधौ

तेजेश्वरबाबु ग्वंगः

नेपाल राष्ट्रकै सबैभन्दा कम क्षेत्रफल निर्धारित भएको जिल्लाको पहिचान बोकेको भक्तपुरको स्वनामधन्य अरु केही विशेषताहरू पनि छन् । भक्तपुरको जुजुधौ नितान्त स्वाद प्रधान खाद्यवस्तु रहनुका साथ अनेक वर्चश्वशाली आयाम बोक्दो छ । जुजुधौको नाम नै विशेष महत्ता कुम्ल्याउँदो छ । साँच्चै भनूँभने कुममाथि राखी मर्यादित तवरले बोक्ने परम्परागत संस्कारयुक्त संस्कृतिलाई उजिल्याउँछ–कुम्ल्याउने शब्दै मात्रले पनि ।

जुजुधौ परिकार सहजै स्वाद संस्कारमा मात्र सीमाबद्ध रहेको छैन । स्वाद संस्कार सहज रूपमा जो कोहीले पनि झ्याप्पै बुझिहाल्ने सामान्य उत्कर्ष बनेको छ । परन्तु जुुजलाई खासगरी भक्तपुर, अनि कान्तिपुर र ललितपुर–राजधानी उपत्यकाबासी नेपालका सर्वशुलभ सांस्कृतिक भोजन परिकारका साथै अनेक जीवन अवसरका सगुन वस्तु परिकार तत्व नै बनेको छ ।

नेवारी /नेपालभाषामा धानखेतीलाई ‘सिना–ज्या’ भनिएको छ । सिनाज्या एउटै शब्दावली झै लागेता पनि दुई अलग शब्दका एकै संयुक्त शब्द हो । सिना= मरीमेटी, ज्या = काम । मरीमेटी गरिने काम =सिना ज्या ।

यो लेखनी, तथापि एउटै सन्दर्भमा मात्र केन्द्रित रहने जमर्को गर्दछ । अनेक संस्कार र सांस्कृतिक अवसरका प्रयोजनहरूलाई त्यतै थाती राखेर असार प्रन्ध्रका दिनमा प्रयोग हुने, गरिने प्रयोजनमा मात्र पुरूपक्ष गर्नु रहेको छ ।
असार धानबालीको लागि उपयुक्त मौसमी समयाबधि रहेको छ । काठमाडौँ उपत्यकामा धान खेतीका लागि ठीक्क मौसम रहेको छ यो । गर्मी तापक्रम, झरी वर्षाको याम धानखेतीको लागि विल्कुल उपयुक्त छ । धानवालीका निमित्त एउटै उपयोगी समय भएकाले राजधानी उपत्यका बासीहरू धानखेतीलाई मुख्य बाली मान्दछन् ।

नेवारी /नेपालभाषामा धानखेतीलाई ‘सिना–ज्या’ भनिएको छ । सिनाज्या एउटै शब्दावली झै लागेता पनि दुई अलग शब्दका एकै संयुक्त शब्द हो । सिना= मरीमेटी, ज्या = काम । मरीमेटी गरिने काम =सिना ज्या । धानखेती नेपाली अनेक खाले तापक्रमका अनेक भूखण्डहरूमा भिन्नाभिन्नै तरिका र बीजनहरू उपयोग गरी गर्ने गरेको पाइएका छन् । झापाका ३०० फिटमा रहेको केचनादेखि ७०००/८००० फिट उँचो चिसो कर्णाली प्रदेशका जुम्लासम्मै धानवाली सफलता साथ गरेको छ । जुम्लामा लगाइने धानका बिउ बिजन विश्वकै दाँजोमा बिशिष्ट मानिएको छ ।

आधुनिक मेशिन, औजार र प्रविधियुक्त डेरीद्वारा उत्पादन गरिएका डेरी दही भक्तपुरको परम्परागत प्रविधि अपनाई तयार भए, गरिएका जुजुधौ कै शान शौकत, तुजुक र स्वाद दिन सकेका छैनन् । जुजुधौको स्वादिलो गुण बेजोड रहेको आम धारणाले भक्तपुरको शान, मान र आन प्रवर्धित पारेको छ ।

सबै खाले कृषि बालीका लागि पशुधनबाट सहज रूपमा पाइने गोबर आदि जस्ता जैबिक मलका उत्तम श्रोत साधन गाई, भैँसी साथै अन्य पशुधन कृषक वर्गका आफै साधना हुन् । सत्यनिष्ठ नेपाली कृषकवर्ग धानका साथै अरु मौसमी अनाज, फलफुल, गेडागुडी र तरकारी बालीहरूका लागि पोषणतत्व नै साबितिएका प्राङ्गरिक मलका श्रोत–शक्ति पनि किसान नै थिए र हुन् पनि । असारे बाली–धानखेतीमा प्रयोग हुने गरिने जैविक प्राङ्गारिक मलले तत्काल पृथ्वी–माटोको प्राकृतिक गुणस्तर र स्वरूप यथास्थितिमा रहन राख्न सघाउँदो छ । माटोको गुणस्तर विचलित नपारी धान बालीमा जमिरहने पानीमा प्रशस्त हिलेमाछा उद्भव हुँदो पार्दो रहेछ । अचेलभरी आयातित रासायनिक मल र कीटनाशक ओखतीका कारण अब खेतीपातीका गुण स्वरूप आनकातान फरक भइसकेको यथार्थ हो । गाई गोरु प्राचीन, मध्ययुगीन मात्र नभई अर्वाचोन नेपालकै पनि आधारभुत साधन सीपका उत्पादकत्व क्षमता रहे बनेका छन् ।

agriculture

असार १५ को दिन धान रोप्न पर्छ भन्ने मान्यता छ।

गाई भैँसी उत्पादन हुने दुध दही बनाउने मूल साधन नै रहेका हुन् र छन् । असार मास मुख्य बाली धान खेतीका लागि मूल सगुन वस्तु तत्व नै रहेका छन् । पशुधन छन् र पो दुध र दुधजन्य पदार्थ–दही, मही, घ्यू, कुराउनी, खुवा आदि बनिबनाउ छ । असार पन्ध्रका दिन दही सेवन गर्नुका अनेक सांस्कृतिक, सामाजिक, स्वास्थ्यपरक–वैज्ञानिक पक्षधर आयामहरू छन् । तिनलाई हामीले शिक्षण–सिकाईमा खुलस्त पार्नु अति नै जरुरी छ । शिक्षण–सिकाई दुई पक्षीय आयाम बोक्ने महायज्ञ हो । महायज्ञ यस निमित्त भन्न मनपराएँ कि यो काम महान धर्म–कर्म रहे, बनेको छ । धर्मकर्मलाई जीवन, परिवार, समाज, राष्ट्र, अन्तरराष्ट्र आदिकै हित र कल्याण खातिर गरिने कुनै पनि सकारात्मक काम, अभियान धर्मकर्म हो र बन्छ । अमूर्त भगवान–भगवतीका आराधनामा गरिने पूजा, भक्तिभाव मात्र धर्म र धार्मिक प्रवृत्तिजन्य प्रवृत्ति÷धारणा भन्ठान्नु पापी सोच/धारणा बन्छ ।

असार १५ का दिन र अवसरका विना विश्लेषण आँखा चिम्ली मान्नु, स्वीकार्दै रहनु अन्धपरम्परा बन्छ । नेपाली मात्रका कृषि महोत्सव तुल्य १५ असारको मूल संस्कार कृषिबाट उत्पादित धानका बोट–पराल खाई–खुवाई पालेका गाई, भैँसीका बरद उपहार दुधबाट बने बनाइएका दही पृथ्वीमातालाई समर्पिएर सबै कृषिवाला समाजका आम सदस्यहरूद्वारा स्वाद ग्रहण गर्नु समाबेशी समाजवादी संस्कार बनेको छ । हिलो माटोमा चुर्लुम्मिएर खाना, खाजा खाँदाका पाचनशक्ति बढाउने दही–मही सेवन गर्नु गराउनु स्वास्थ्यपरक विज्ञान सम्मत प्रचलित प्रथा रहे बनेको छ । दहीमा पोषिलो र आँट भर्ने ठोस् तत्व (कार्वोहाइड्रेट, प्रोटिन) चिल्लो (लिपिड), ताकतिलो शक्तिबर्धक खनिज पदार्थ (भिटामिन र मिनरल्स) युक्त खाद्य पदार्थ रहेको छ । हाड्, दाँतका आधारभूत तत्व चुनापदार्थ (क्याल्सियम) आदि पनि दहीमा अन्तरनिहित हुन्छ ।

परम्परागत तौरतरिका र प्रविधि अनुरूप गर्ने दही बनाउने यो पेशा निकै कठिन र झन्झटिलो पनि छ । ती प्रविधि अनुशरणमुक्त भई आधुनिक मेशिन, औजार र प्रविधियुक्त डेरीद्वारा उत्पादन गरिएका डेरी दही भक्तपुरको परम्परागत प्रविधि अपनाई तयार भए, गरिएका जुजुधौ कै शान शौकत, तुजुक र स्वाद दिन सकेका छैनन् । जुजुधौको स्वादिलो गुण बेजोड रहेको आम धारणाले भक्तपुरको शान, मान र आन प्रवर्धित पारेको छ ।

दही–खासगरी जुजुधौ नामैले भक्तपुर वर्चश्वशाली रहे–बनेको छ । जुजुधौ उत्पादन गर्ने भक्तपुर एक प्रकारले भक्तपुरकै स्वनामधन्य पेशा बनेको छ । यद्यपि सबै भक्तपुरवासीहरू जुजुधौ बनाउन निपुण छैनन् । नहुनुको कारण जुजुधौ बनाउने एक पुस्तेवारी पेशा रहेको छ । यो पेशा त्यसकारण पारिवारिक पेशा बनेको छ । परम्परागत तौरतरिका र प्रविधि अनुरूप गर्ने यो पेशा निकै कठिन र झन्झटिलो पनि छ । ती प्रविधि अनुशरणमुक्त भई आधुनिक मेशिन, औजार र प्रविधियुक्त डेरीद्वारा उत्पादन गरिएका डेरी दही भक्तपुरको परम्परागत प्रविधि अपनाई तयार भए, गरिएका जुजुधौ कै शान शौकत, तुजुक र स्वाद दिन सकेका छैनन् । जुजुधौको स्वादिलो गुण बेजोड रहेको आम धारणाले भक्तपुरको शान, मान र आन प्रवर्धित पारेको छ ।

यत्ति लोकप्रिय जुजुधौ पेशालाई स्थानीय पालिकाहरू–गाउँ, नगरपालिकाहरूले ससम्मान स्थानीय साना, मझौला अनि उच्च कोटीका घरेलु उद्योग व्यवसायमा दर्ता गरी इज्जत गर्नु वान्छ्नीय छ । यसका लागि विभिन्न पालिकाहरूले सर्वेक्षण गर्नुे क्रममा पेशेवर जुजुधौ उद्यमीहरू वीच आआफ्ना क्षमता अनुरूप पक्षधनात्मक पाइला चाल्न आवश्यक राय सल्लाह संकलन गर्नु वांछ्नीय छ ।

संघीय सरकारले स्थानीय प्रादेशिक, नगर र गाउँलाई शैक्षिक उत्थान, व्यवस्थापन, पाठ्यक्रम आदि विषयक दायित्व र अधिकारहरू प्रदान भए अनुरूप सबै तहगत प्रदेश र स्थानीयपालिका सरकारले क्रमिक पाइला चाल्नु संविधानतः उपयुक्त देखिन्छ ।

सगर अर्थात स्वर्ग तुल्य आकाशलाई आफै शिरमाथि राखेर विश्वकै सर्वोच्च रहेका हिमवत खण्डको शैल–शिखर हाम्रै वर्चश्वशाली शान र गौरव गाथा बनेको छ । जसरी प्रकृतिकै बरदान बनेको सगरमाथा राष्ट्रकै शान बनेको छ, त्यसरी नै मण्डप शैलीमा निर्माण भएका पाँच तल्ले मन्दिर–पाँचै तहका पीँढ (फल=फः) सहितका भक्तपुर साथै राष्ट्रकै गौरवशाली स्थापत्य सम्पदा शैली बनेको छ । सिध्दपोखरी (तव=तःपुखु) साथै अरु थुप्रै जलाशय सम्पदा भक्तपुरको शान रहेको छ । भक्तपुरभरीका अनेक पालिका स्थानमा प्रचलित मकुण्डो नाच र अरुअरु सबै मूर्त र अमूर्त नृत्य सम्पदा यसको शान रहेका छन् । अनेक सांस्कृतिक सम्पदाहरू झै भक्तपुरका सम्पदामा जुजुधौ पनि हो । त्यसमाथि पनि असारको आगमन साथै सालबसालै मनाइँदै गरेको १५ असारको दही च्युरा दिवस पनि हामी नेपाली मात्रकै कृषि भोजन दिवस रहेको छ ।

अनेक अन्तरराष्ट्रका सयौंथरी मेला–भेला दिवस साथै आफ्नै राष्ट्रिय १५ असारे दहीच्युरा मेला–भेलाको चेला दिवस मनाऔँ…! सबैजना आआफ्नै परिसरमा जाऔँ…! भेला होऔँ…! दही च्युरे दाउ नगरी…१५ असारमा…१५ असारे कृषि महिमा मचाई मेला भरौँ…भरौँ…!!! १५ असार दिवस अमर राखौँ…राखौँ…!!!

:137 Views

Leave a Reply