अभिभावक पढाएर कसरी सप्रिन्छ विद्यार्थी ?

काठमाडौँको जोरपाटीस्थित अरुणोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद नेपाल भन्छन्, ‘मूलमा पानी सफा छ भने धाराको पानी सफा गरिर हनु पर्दैन । धारामा जति सफा गरेपनि यदि मूल नै सफा छैन भने धाराबाट फोहोर पानी आइ नै रहन्छ । एउटै माटोमा रोपेको कागती अमिलो, सुन्तला गुलियो र करेला तितो हुनु र एउटै विद्यालयमा पढ्ने विद्यार्थीको व्यवहार फरक हुनु भनेको तिनको आन्तरिक गुणको कारणले हो । त्यो गुण उसको अभिभावक र समुदायबाट आएको हुन्छ । एउटा बच्चा स्कुलमा आउँदा उसले आमाको काखबाट सिकेको, घरपरिवारबाट सिकेको सभ्यता,संस्कृति, मर्यादा, बोलीचाली, रहनसहन सबै बोकेर आएको हुन्छ । ’ अभिभावक शिक्षा एकदमै आवश्यक रहेको बताउँदै उनी भन्छन्, अभिभावक शिक्षा दुई तरिकाले दिन सकिन्छ । एउटा अभिभावकहरूलाई उनीहरूको नानीहरूले स्कुलमा पाएका वा कठिनाई भएका विषयमा जानकारी दिने र दोस्रो अभिभावकले उनीहरूको नानीबाबुलाई गर्ने व्यवहारका विषयमा । जस्तैः खानपिन, पाठ्यपुस्तक र शैक्षिक सामग्रीको व्यवस्था, समय दिने र घरमा पठनपाठनका कुराहरू ।’

विद्यार्थीमा आउने परिवर्तन जस्तै उनीहरूको उपस्थिति अनियमित, कपाल र कपडा लगाउने र बोल्ने शैलीमा फरक आएपछि उसको समस्या पहिचान गरि त्यसलाई समाधान गर्ने प्रयास विद्यालयबाट हुन्छ र समस्या समाधान नभएमा अभिभावकलाई बोलाई त्यसलाई समाधान गर्ने गरेको प्रधानाध्यापक कृष्णप्रसाद नेपाल बताउँछन् । र कुनै समयमा अभिभावकले पनि समाधान गर्न नसक्ने भएमा विज्ञहरूलाई बोलाएर समाधान गर्ने गरेको उनको अनुभव छ । अभिभावकलाई आफ्नो बालबालिकाको खल्ती र झोला दिनँहु जाँच गर्न उनको अनुरोध छ । सचेत र सकारात्मक अभिभावकहरू भएमा पठनपाठन कार्यमा सहज हुने भन्दै अभिभावकले नै नबुभ्mदा र वास्ता नगरि दिदाँ समस्या हुने गरेको उनी बताउँछन् ।

एउटा बच्चा स्कुलमा आउँदा उसले आमाको काखबाट सिकेको, घरपरिवारबाट सिकेको सभ्यता,संस्कृति, मर्यादा, बोलीचाली, रहनसहन सबै बोकेर आएको हुन्छ ।

भक्तपुरको सिपाडोलस्थित गणेश माध्यमिक विद्यालयकी प्रधानाध्यापक शुभद्रा लघु बालबालिकाको जिम्मेवारी विद्यालयले मात्र लिनुपर्छ भन्ने अभिभावकको सोचलाई परिवर्तन गरि घरमा पनि उनीहरूलाई ध्यान दिनुपर्ने बताउँछिन् । बालबालिकालाई परामर्श गरेर समस्याको कारण बुझेर त्यसलाई अभिभावकसामू राख्दा समस्या समाधान गर्न सकिने भन्दै प्रअ लघु भन्छिन्, ‘एउटा विद्यार्थीलाई अभिभावकले नै बिग्रिएको जानकारी दिदैँ विद्यालयमा भर्ना गराएका थिए । विद्यार्थीको त्यस्तो व्यवहारको कारण खोज्न बाल परामर्श गर्दा घरमा उसको आवश्यकता पूरा नभएको र अभिभावकले वास्ता नगरेको भन्ने कुरा थाहा भयो र उसको अभिभावकलाई सो कारण बताई सम्झाएर अघि बढ्दा अहिले उसको व्यवहारमा परिवर्तन आएको छ ।’

बालबालिकाले विद्यालयमा थोरै समयमात्र बिताउने र बढी समय भनेको अभिभावकसँग नै बिताउने हुँदा अभिभावकबाटै विद्यार्थीहरूले सामाजिक संस्कार, बोलीबचन, शिष्टता जस्ता सम्पूर्ण कुराहरू सिक्ने हुँदा अभिभावक शिक्षित, सभ्य र मर्यादित हुनुपर्ने उनको भनाई छ । यसमा अभिभावक अनविज्ञ भएमा उनीहरूले आफ्ना केटाकेटीलाई सहि मार्गनिर्देशन गर्न नसक्ने उनको ठम्याइ छ । त्यसकारण विद्यार्थीलाई सहि गन्तव्यमा पुर्याउन पनि अभिभावकहरूलाई अभिभावक शिक्षा दिनु आवश्यक रहेको उनको तर्क छ । त्यो काम विद्यालयबाट हुनुपर्ने स्वीकार्दै उनको विद्यालयले पनि अभिभावक शिक्षा दिने उनले बताइन् । त्रैमासिक परीक्षामा ३ पटक र सैद्धान्तिक रूपमा अभिभावकले बालबालिकालाई गर्नुपर्ने व्यवहारका बारेमा निश्चित कक्षाका बालबालिकाका अभिभावकलाई शिक्षा दिँदा त्यो प्रभावकारी भएकाले यस वर्षबाट सम्पूर्ण अभिभावकलाई शिक्षा दिने योजना रहेको उनले जानकारी दिइन् ।

:148 Views

Leave a Reply