४ जिपिए ल्याउने छात्रालाई विनायक स्कुलले एकलाख रुपैयाँ दिने

भक्तपुर, १६ असार । विनायक शिक्षा निकेतन सेकेण्डरी स्कुल मध्यपुर थिमीले २०७५ को एसईई परीक्षामा ४ जिपिए ल्याएर उत्कृष्ट भएकी सो विद्यालयकी मेधावी छात्रा रोजा श्रेष्ठलाई एकलाख रुपैयाँसहित ‘विनायक एसईई उत्कृष्ट शैक्षिक पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ ।
२०७५ सालको एसईई परीक्षामा सहभागी विनायक शिक्षा निकेतनका ७३ विद्यार्थीमध्ये सर्वाेत्कृष्ट भई ४ जिपिए ल्याएर विद्यालय, मध्यपुर थिमी र भक्तपुर जिल्लाकै नाम राख्न सफल भएकोले उनलाई विद्यालयले एक लाख रुपैयाँसहित पुरस्कृत गर्न लागिएको विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले बताए ।
सोही विद्यालयकी छात्रा सिल्भिया बज्राचार्य २०६४ सालको एसएलसी परीक्षामा ९३ दशमलव ६३ अंकका साथ नेपालभरीमै सर्वाेत्कृष्ट भएकी थिइन् । २०७५ सालको एसईई परीक्षामा सहभागी भएका विनायक स्कुलका विद्यार्थीमध्ये रोजाले जिपिए ४ का साथै दुईजनाले ३ दशमलव ९५ जिपिए, तीनजनाले ३ दशमलव ९० जिपिए सहित २७ जनाले ए प्लस, ४२ जनाले ए, ३ जनाले बि प्लस र एकजनाले बि ल्याई एसईई उतिर्ण भएका थिए ।
:1107 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव