न्यू होराइजनका ७ जना विद्यार्थीको ४ जिपिए, विद्यालयद्वारा खुशियाली र्याली

बुटवल – एसईई नतिजामा देशमै उत्कृष्ट नजिता ल्याएको बुटवलको न्यू होराइजन बोर्डिङले बुटवलमा खुशियाली ¥याली निकालेको छ । न्यू होराइजन माविका सात जना विद्यार्थीले ग्रेड प्वाइन्ट एभरेज (जीपीए) चार अंक हाँसिल गरेपछि खुसीयालीमा आइतबार बुटवलमा खुसीयाली ¥याली निकालेको हो । ¥यालीमा विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी र सञ्चालकहरू सहभागी थिए ।
र्याली सुरु हुनु अघि उत्कृष्ट बिद्यार्थीहरुलाई बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजू, प्राचार्य लोकनाथ उपाध्याय र सञ्चालक तथा न्यू होराइजन पाल्पाका अध्यक्ष निर्मल प्रसाद लाकौल लगायतले सम्मान गरेका थिए ।कालिकानगरमा रहेको न्यू होराइजनबाट शुरु भएको विजयी ¥यालीले बाजागाजा सहित बुटवलका विभिन्न क्षेत्रहरू परिक्रमा गरेको थियो । एसईईको नतिजामा न्यू होराइजनका अपिल चौधरी, क्षितिज डुम्रे, सोदिक्षा कुँवर, रोशना टण्डन, प्रवेश आचार्य, सुयल ज्ञवाली र अनुश्का श्रेष्ठले जीपीए चार प्राप्त गरेका छन् । ३ सय २८ जना विद्यार्थीमध्ये ६१ जनाले ए प्लस, ६७ जनाले ए, १०३ जनाले बी प्लस र १८ जनाले सी ग्रेड ल्याएका छन् ।
गत वर्ष पनि विद्यालयका ४ जना विद्यार्थीले ४ जिपिए ल्याएका थिए । यस वर्षको एसईई परीक्षामा रूपन्देहीका १० जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । होराइजनले हरेक वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । सो अवसरमा बोेल्दै विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले होराजइनले सधै सर्बोकृष्टता हाँसिल गर्दै आएको बताए । उनले परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई उज्जवल शैक्षिक भविश्यको कामना समेत गरे । र्याली विद्यार्थी र अभिभाबकलाइ थप हौसला मिलेको बिद्यालयका शिक्षक बिष्णु बस्यालले बताए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक हरि पौडेलले गरेका थिए । त्यस अवसरमा बोल्दै अध्यक्ष कसजूले विद्यालयको शैक्षिकस्तरलाई उचो बनाई राख्ने शिक्षक र कर्मचारी तथा सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरे ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव