बिए पास गर्ने बनेपाको पहिलो व्यक्ति ज्ञानकाजी मानन्धर

मोहनलाल खिङ मानन्धर मेरो बुवा ‘द म्यान अफ कल्चर’ भनेर चिनिनुहुन्थ्यो । मेरो बुवाले एकदम मेहेनत गरेर मलाई शिक्षित बनाउनु भएको हो । मलाई मेरो बुवाले भाषा विद्यालय, आधार विद्यालयमा पढ्न पठाउनु भयो । वि.स २००७ सालमा प्रजातन्त्र आएपछि आजाद हाइ स्कुल स्थापना भयो र त्यहाँ भर्ना भएँ । हामीलाई कक्षा ४ मा भर्ना गरियो । ६ महिनामा कक्षा चढाएर ५ मा भर्ना गरि यो र फेरी ६ महिनापछि नै कक्षा ६ मा भर्ना गरियो । त्यसपछि शिक्षकहरूले कक्षा ७ मा भर्ना हुन काठमाडौँ जान पर्ने भन्नुभयो र त्यहाँ कक्षा ७ मा होइन कक्षा ८ मा भर्ना हुनु भन्नु भयो । शान्ति निकुञ्ज विद्यालयका हेडमास्टर त्यतिखेर भक्तपुरका गजसुन्दर प्रधानले कक्षा टप गर्न चाहना भएकाले दरखास्त दिनु भनेर भन्नुभयो । मैले पनि दरखास्त दिएँ र पास पनि भइयो । कक्षा ८ र कक्षा ९ मा पनि ६ महिनामात्र पढियो र कक्षा १० मात्र त्यस्तो कक्षा हो जहाँ एक वर्ष पूरा पढियो ।
आइए र बिए नै त्रिचन्द्र क्याम्पसबाट गरेँ । भक्तपुरका साथी (स्वर्गीय) ध्रुवनारायण कायस्थ र लक्ष्मणदास बैद्य हामीसँगै पढेका थियौँ । त्यतिबेला पैसा थिएन, एसएलसी पढ्दा बुवाले मासिक नगद रु १० दिनुहुन्थ्यो । ५ रुपैयाँ विद्यालयमा बुझाउथेँ र ५ रुपैयाँले महिनाभरिको खर्च पुर्याउँथे । काठमाडौँको झोछेँमा बसेर विद्यालयको पढाइ पूरा गरेँ । बत्ति भएको कोठा भाडामा लिनलाई आफूसँग पैसा थिएन । विद्युत नभएको कोठामा टुकी बत्तिलाई बाकसभित्र राखेर त्यसकै उज्यालोमा कालो धुवाँ पचाउँदै पढ्ने गर्थेँ । पैसाको अभावकै कारण एसएलसी सकिएपछि आफू पढ्दै ट्युशन पनि पढाउन थालेँ । थोरै जनालाई पढाउन सुरु गरेको ट्युशनमा मैले पढाएको राम्रो लाग्यो भन्दै थप मान्छेहरू आउन थाले ।
म बनेपाको बिए पास गर्ने पहिलो व्यक्ति हुँ । वि.स २०१७ सालमा बिए पास भएपछि यसै ठाउँका प्रतिष्ठित व्यक्ति मानिने आशकाजी बैद्यले मलाई आजाद विद्यालयमा पढाउनको लागि आग्रह गर्नुभयो । पहिला त नगर्ने सोच थियो तर पछि उहाँको प्रोत्साहनले बनेपामै बसेर काम गर्ने सोच बनाएँ । मैले अंग्रेजी विषय पढाउन सुरु गरेँ । पहिलादेखि नै ट्युसन पढाएकोले सो विद्यालयमा मैले पढाउँदा विद्यार्थीहरू छक्क पर्थे । उनीहरू भन्थे ‘यो मास्टरले त पुस्तक नै नहेरी राम्रोसँग पढाउने’ ।
बत्ति भएको कोठा भाडामा लिनलाई आफूसँग पैसा थिएन । विद्युत नभएको कोठामा टुकी बत्तिलाई बाकसभित्र राखेर त्यसकै उज्यालोमा कालो धुवाँ पचाउँदै पढ्ने गर्थेँ । पैसाको अभावकै कारण एसएलसी सकिएपछि आफू पढ्दै ट्युशन पनि पढाउन थालेँ ।
प्रौढहरूले पनि शिक्षा पाउनुपर्छ भन्ने हेतुले वि.स २०१८ सालमा प्रौढ शिक्षा निकेतन विद्यालय खोलियो र त्यहाँ बिहानी कक्षा सञ्चालन हुन्थ्यो । त्यस विद्यालयमा मैले पनि पढाउन थालेको थिएँ । केही समयपश्चात म सो विद्यालयको हेडमास्टर पनि बनेँ । वि.स २०२८ सालमा नयाँ शिक्षा योजना लागु भएपछि वि.स २०२९ मा दोलालघाटको फलातेमा हेडमास्टरका रुपमा मलाई सरुवा गरियो । महिनाको चार सय रुपैयाँ तलब पाउँथे । एक सय रुपैयाँ हेडमास्टर भत्ता थियो ।
६ महिनापश्चात अर्को विद्यालय बनेपामा धेरै व्यक्तिहरूले मलाई शिक्षकको रुपमा सम्मान गर्नुहुन्छ । अहिले पनि मेरो विद्यार्थी जुन पदमा गएको भएपनि मलाई भेट्दा श्रद्धापूर्वक सम्मान गर्छन् । किनकि मलाई थाहा छ म आफ्नो काम इमान्दारीपूर्वक गर्थेँ । प्रत्येक व्यक्तिको कापी समय लगाएर हेरेर त्यसमा सच्याउनुपर्ने कुराहरू सच्याइदिन्थेँ । म सबैलाई सहयोग गर्थेँ । त्यतिबेला बनेपाका मानन्धरहरु निकै पछाडि थिए । पढेलेखेका मानन्धरहरु खोज्न पथ्र्यो । मानन्धर समुदायको उत्थान गर्न पर्छ भन्ने मलाई लागिरह्यो । त्यसको लागि शिक्षा पहिलो र उत्कृष्ट माध्यम हो भन्ने मलाई लाग्यो । मैले उनीहरुको लागि एउटा विद्यालय स्थापना गर्न सोचेँ र त्यो समयमा जिल्ला शिक्षा कार्यालयदेखि लिएर हेडक्वाटर नै यहि बनेपामा भएकोले सहज पनि भयो । चैतन्य विद्यालय नामकरण गरी एउटा विद्यालय दर्ता गरेँ । विद्यालय दर्ता त भयो तर अब समस्या थियो, विद्यार्थीलाई पढाउने ठाउँको । मैले आफ्नो घर को छिँडीमा राखेर पढाउन थालेँ ।
शिक्षकहरूले ठाउँ पुगेन, पढाउन असहज भयो भनेर गुनासो गर्दै सल्लाह दिनुभयो, ‘पढाउन ठाउँको समस्या छ । पर्तिजग्गा धेरै छ, त्यहाँ भवन बनाऔँ । त्यसको लागि लगानी गर्नुपर्यो ।’ त्यस्तो सल्लाह पाएपछि मैले विद्यालयको लागि भवन बनाउने योजना बनाएँ । सरकारले आधा र आधा पैसा टोलबाट उठाउन सके त भवन बन्थ्यो भन्ने लाग्यो । त्यतिबेला विद्यालय भवन बनाउन टोलबाट उठेको पैसा भनेको जम्मा तीन मोहर थियो । पैसा नदिएपनि टोलका मान्छेले भवन बनाउन ढुङ्गा ओसार्ने काम गरिदिए । उनीहरुले श्रमदान गरे जसको मुल्य कति पर्छ थाहा छैन ।
रामप्रसाद मानन्धर ( उहिलेका ५ मुलुकका राजदूत) काकासँग यस विषयमा कुरा गरेँ । उहाँले उहाँसँग पढेका साथी भारतका चन्द्रशेखरलाई फोन गरेर सहयोगको कुरा गरिदिनुभयो र म उहाँले भनेझैँ दरखास्त लेखेर त्यहाँ गएँ । भार तीय दूतावासको पनि सहयोग लिएर विद्यालय भवन बनाउने काम सम्पन्न गरि यो । चैतन्य क्याम्पस पनि दर्ता गरेँ । क्याम्पस भवन बनाउन मैले आफ्नै जग्गा पायक पर्छ भन्ने लागेर केही रकम लिएर आफ्नै जमीन दिइ त्यसमा क्याम्पस भवन निर्माण गर्न दिएँ । यसरी विद्यालय, क्याम्पस, प्रौढ कक्षालगायत शिक्षणका विभिन्न काम गर्दै मैले मेरो जीवनको ३ दशक शिक्षण पेशामा समर्पित गरेँ ।
म यो जिल्लाको प्रख्यात शिक्षकमा गनिन्थेँ । म शिक्षा आयोग र जिल्ला शिक्षा समितिको सदस्य पनि भएँ । म केही कुराको लोभ नगरी इमान्दारीपूर्वक काम गर्छु । मेरोमा अंग्रेजी ट्युशन पढ्न आउनेको भीड हुन्थ्यो र ट्युशनको पैसा तिर्न नसक्ने केही व्यक्तिलाई मैले निशुल्क पनि पढाइ दिने गर्थेँ ।
मेरो बुवाले आफ्नो जीवनकालमा धेरै पटक नाटक देखाउनु भयो । म उहाँको विलक्षण प्रतिभाबाट ज्यादै प्रभावित थिएँ । उहाँकै सिको गरेर म पनि नाटक प्रस्तुत गर्ने गर्थेँ । मैले अरनिको चण्डेश्वरी र कुमारी नाटकहरू देखाएको थिएँ ।
म यो जिल्लाको प्रख्यात शिक्षकमा गनिन्थेँ । म शिक्षा आयोग र जिल्ला शिक्षा समितिको सदस्य पनि भएँ । म केही कुराको लोभ नगरी इमान्दारीपूर्वक काम गर्छु । मेरोमा अंग्रेजी ट्युशन पढ्न आउनेको भीड हुन्थ्यो र ट्युशनको पैसा तिर्न नसक्ने केही व्यक्तिलाई मैले निशुल्क पनि पढाइ दिने गर्थेँ । पनौतीदेखि म भएको ठाउँ बनेपासम्म ट्युशन पढ्न आउने विद्यार्थी थिए । पढ्न चाहने तर विविध कारणले पढ्न नसक्ने कतिपय व्यक्तिलाई मैले घरमा नै गएर निशुल्क ट्युशन पढ्नको लागि बोलाएको पनि थिएँ ।
मेरा छोरा बुहारी अमेरिकामा बस्छन् । उनीहरुले मलाई त्यतै आउन धेरैपटक भनिसके । तर मलाई यो देश छोडेर बाहिर जानुभन्दा पनि आफ्नै देशमा बसेर लेख्ने र पढ्ने रहर छ । मैले संस्कृतिसम्बन्धि १४ वटा पुस्तक लेखेको छु । मेरो बुवाले नाटक देखाउनु मात्र भएन लेख्नु पनि हुन्थ्यो । उहाँकै प्रेरणाले मैले पनि अर निको, कपिलवस्तुमा भगवान जस्ता ८ वटा नाटकका पुस्तक लेखेको छु । अंग्रेजीको ३ वटा पुस्तक लेखेको छु ।
:601 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव