गोदावरी रेसिडेन्सियन स्कुलमा एकै दिन दुई विशेष कार्यक्रम (फोटो पिचर)

ललितपुर । ललितपुर गोदावरीस्थित गोदावरी रेसिडेन्सियन स्कुलमा एके दिन दुई विशेष कार्यक्रम गरेको छ । विद्यालयले ट्राफिक सचेतना कार्यक्रम र रोपाई कार्यक्रम गरेको हो ।
कक्षा १ को संयोजकत्वमा सम्पन्न भएको ट्राफिक सचेतना कार्यक्रममा विद्यार्थीहरुले ट्राफिक सचेतना सम्बन्धी नाटक, गीत प्रस्तुत गरिएको थियो । कार्यक्रमलाई संबोधन गर्दै विद्यालयका प्रिन्सिपलले आधुनिक प्रविधि र मोवाइलजस्ता कुराहरुले सडकमा मानिसहरु कौचा जस्तो गरी हिडिरहेको बताए । सडकमा आफ्नो सुरक्षा हामी आफै गर्नु पर्ने उनले बताए ।
यता रोपाइ कार्यक्रममा धान रोपाइ सम्बन्धी तथ्य र नेपाली शिक्षिका सोविता न्यौपानले असार १५ को महत्वबारे जानकारी दिएका थिए । कार्यक्रममा रमाइलोका साथ व्यावहारिक ज्ञान सहित संगीतमय वातावरणमा कक्षा १ देखि १० सम्मका शिक्षक तथा विद्यार्थी सहभागी भएर धान रोपेर दही चिउरामा रमाएका थिए । यसको सम्पूर्ण तयारी विद्यालय प्रशासन तथा व्यवस्थापन विद्यालय संयोजक कमल प्रसाद रेग्मीले गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव