एसईई उत्तीर्णलाई ग्रामर स्कुलका गुरुको आग्रह

‘शिक्षक र अभिभावकको सुझाव अनुसारमात्रै कलेज र विषय रोज्नु’

काठमाडौं, १७ असार । २०७५ सालको माद्यमिक शिक्षा परीक्षा (एसईई) को परिक्षाफल प्रकाशित भएसंगै कक्षा ११ मा के विषय लिएर कुन कलेजमा पढ्ने भनेर हौसिएका एसइइ उतिर्ण विद्यार्थीलाई ग्रामर पब्लिक स्कुल र कलेज कोटेश्वरका शिक्षकहरुले ‘शिक्षक र अभिभावकको सुझाव अनुसारमात्रै कलेज र विषय रोज्न’ सुझाव दिएका छन ।

ग्रामर पब्लिक स्कुलबाट २०७५ सालको ‘१९ औं एसइइ समूह’को वधाई तथा विदाईमा विद्यालयद्वारा आयोजित कार्यक्रममा ग्रामर स्कुलका शिक्षकहरुले एसइइ उतिर्ण विद्यार्थीहरुलाई सो सुझाव दिएका हुन । ‘विद्यार्थीले ११ र १२ कक्षामा के विषय पढ्न सक्छ ? उसको क्षमता कस्तो छ ? त्यो अभिभावकलाई भन्दा उसलाई पढाउने शिक्षकलाई थाहा हुन्छ’— ग्रामर पब्लिक स्कुल र कलेजका संस्थापक प्रिन्सिपल राजकुमार राईले भने ।  कलेज र विषय छान्ने विषयमा आफ्ना शिक्षक र अभिभावकको सुझाव बाहेक आफु एक्लै वा आफुसंग पढ्ने साथीको लहैलहैमा कहिल्यै नलाग्न पनि संस्थापक प्रिन्सिपल राईले सुझाव दिए ।

‘एसइइ फलामे ढोका होइन, यो स्वर्णढोका हो, यसबाट भित्र प्रवेश गरेपछि धेरै राम्राराम्रा अवसर भेटिन्छ, तर त्यसलाई सदुपयोग गर्नुपर्छ’—उनले भने । ठुलाठुला विज्ञापनको पछि नलाग्न विद्यार्थीलाई सुझाउँदै उनले भने— ‘पत्रिकामा ठुलाठुला विज्ञापन दिने कलेजले विद्यार्थी र अभिभावकलाई आर्थिक रुपमा पनि ठगिरहेका हुन्छन ।’ ग्रामर स्कुल÷कलेज व्यवस्थापन समितिका अध्यक्ष जयकुमार राईले एसइइ उतिर्ण १५ वर्षे विद्यार्थीले अर्काे विद्यार्थीलाई दिएको सुझाव उनीहरुलाई पढाउने शिक्षक र हुर्काउने अभिभावकले दिएको सुझावभन्दा धेरै ‘कच्चा र अल्लारे’ हुने बताँउदै अभिभावक र शिक्षकको सुझाव मान्न र साथीको भनँईका पछि नलाग्न विद्यार्थीलाई सुझाए ।

ग्रामर स्कुल÷कलेजका नेतृत्व विकास निर्देशक एवम् खुल्ला विश्वविद्यालयका सहप्राध्यापक डा.जीवन खड्काले पत्रिका र टेलिभिजनमा आउने नयाँ भर्नाको विज्ञापनको पछि नलाग्न विद्यार्थीलाई सुझाउँदै उनले भने ‘आफुले पढ्ने विषय अनुसारको कक्षाकोठा, पढ्ने वातावरण, प्रयोगशाला, पुस्तकालय, शिक्षकहरु छन कि छैनन, कलेजको स्थलगत भ्रमण गरेर ती कुराहरु हेर्नुपर्छ, विज्ञापन होइन ।’ अरुको लहैलहैमा गाह्रो विषय छान्दा धेरै विद्यार्थी अनुतिर्ण हुने गरेको बताउँदै आफनो इच्छाअनुसारको विषय छानेर पढ्दा परीक्षामा राम्रो अंक आउने पनि डा. खड्काले बताए ।

‘आफ्नो बसाईभन्दा धेरै परको कलेज कहिलेपनि नछान्नु, जाँदा आउँदा निकै समय लाग्छ, नजिकको कलेज पढ्यो भने समयको वचत हुन्छ’—डा. खडकाले भने ।’ ग्रामर पब्लिक स्कुलबाट गतवर्षको एसइइ परीक्षामा ३ दशमलव ९५ जिपिएका साथ इशा मिश्र र ३ दशमलव ९० जिपिएका साथ २१ जना ए प्लस र १४ जनाले ए ल्याएर उतिर्ण भएका थिए ।  उच्च अंकका साथ उतिर्ण सबै विद्यार्थी तथा उनीहरुका अभिभावकहरुलाई संस्थापक प्रिन्सिपल राजकुमार राई तथा ग्रामर फाउण्डेशनका संस्थापक निर्देशकहरुले टीका लगाएर वधाई दिएका थिए भने विद्यालयले यो वर्ष मिठाई वितरण गरेको थियो ।

कार्यक्रममा ग्रामर फाउण्डेशनका अध्यक्ष पुरञ्जन राईले एसइइ उतिर्ण छात्रा श्रेया उप्रेतीलाई नृत्य प्रतियोगितामा विजयी भएवापत सम्मानपत्र प्रदान गरेका थिए ।  ग्रामर स्कुल÷कलेज व्यवस्थापन समितिका अध्यक्ष जयकुमार राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा सेकेण्डरी इन्चार्ज ऋषिप्रसाद सुवेदी, अभिभावक मुकेश मिश्र, विद्यालय उत्कृष्ट छात्रा इशा मिश्र, नेपाली विषयकी शिक्षिका आनन्दकला राईलगायतले बोलेका थिए । कार्यक्रममा विद्यालय÷कलेजका प्रवन्ध निर्देशक यादवचन्द्र चाम्लिंग, संस्थापक निर्देशकहरु दिलेन्द्र मुकारुंग राई र भरतकुमार राई लगायतको सहभागिता थियो ।

:357 Views

Leave a Reply