महेन्द्र शान्ति माबिका गोपाल सुर्यविनायक नगरभरीमा पहिलो

भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नं २ बालकोटस्थित महेन्द्र शान्ति माविका मेधावी छात्र गोपाल सत्याल २०७५ सालको माद्यमिक शिक्षा परीक्षा (एसइइ) मा ३ दशमलव ८० जिपिएका साथ सामुदायीक माद्यमिक विद्यालयबाट नगर प्रथम भएका छन् । उच्च अंकका साथ गोपाल एसइइ प्रथम भएका कारण महेन्द्र शान्ति मावि स्वतः नगरको प्रथम विद्यालय बन्न पुगेको छ ।

सो नगरपालिका क्षेत्रमा महेन्द्र शान्ति माविको साथै अरु ८ वटा सामुदायीक माविका विद्यार्थीले एसइइ परीक्षा दिएका थिए । कुल ३७ जना परिक्षार्थी सहभागी भएको महेन्द्र शान्ति माविबाट गोपालले ए प्लस, ३ जनाले ए, ६ जनाले बि प्लस, १३ जनाले बि, १३ जनाले सि प्लस र एकजनाले डि प्लस जिपिए ल्याएर उतिर्ण भएका थिए ।  परीक्षामा सहभागी विद्यार्थी संख्या कम (३७ जना मात्रै) भएतापनि एसइइमा प्राप्त नतिजाको आधारमा अर्थात ३ दशमलव ८० जिपिएका कारण महेन्द्र शान्ति मावि सुर्यविनायक नगरक्षेत्रको सामुदायीक विद्यालयतर्फ प्रथम भएको विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष हेमन्त कुमार कार्कीले बताए ।

सो माविबाट एसइइ दिएका विद्यार्थीलाई वधाई तथा विदाईको लागि विद्यालयले एक कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् सुर्यविनायक नगरपालिका वडा नं २ का अध्यक्ष कमलनाथ आचार्य, निवर्तमान अध्यक्ष हेमन्तकुमार कार्की, पुर्व अध्यक्षद्वय रोहित बहादुर राना क्षेत्री र भोलासिंह सिलवाल, प्रधानाध्यापक गोपालविक्रम थापा लगायत विद्यालयका शिक्षकहरुले उत्कृष्ट छात्र गोपाल सत्याल लगायत एसइइ उतिर्ण सबै विद्यार्थीलाई टिका लगाएर वधाई दिएका थिए ।

त्यस अवसरमा विद्यालयको इतिहासमै पहिलोपल्ट महेन्द्र शान्ति माविमा चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा व्यवस्थापन र शिक्षा विषयमा पढाई शुरु गर्न लागेको विद्यालयका प्रधानाध्यापक गोपाल विक्रम थापाले जानकारी गराए ।  एसइइ उतिर्ण विद्यार्थीको वधाई कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवम् शिक्षासेवी हेमन्तकुमार कार्कीले महेन्द्र शान्ति माविमा ११ कक्षामा पढ्ने २ जना विद्यार्थीलाई व्यक्तिगत छात्रवृत्ति दिने घोषणा गरे । शिक्षासेवी कार्कीले यसअघि सो विद्यालयमा आफ्ना स्वर्गीय बुबाआमा र दाईको नाउँमा ५ लाख रुपैयाँको अक्षयकोष खडा गरी हरेक वर्ष ३० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन् ।
सोही कार्यक्रममा व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु रोहित बहादर राना क्षेत्री र भोला सिंह सिलवालले पनि आफ्नो तर्फबाट २/२ जना विद्यार्थीलाई ११ कक्षामा पढ्न छात्रवृत्ति उपलव्ध गराउने घोषणा गरे ।

महेन्द्र शान्ति मावि बालकोटको एसइइ परीक्षाको परिक्षाफल सुर्यविनायक नगर क्षेत्रका सामुदायीक विद्यालयमध्येबाट सबैभन्दा उत्कृष्ट अर्थात ३ दशमलव ८० भएकोमा सहभागी सबैले बधाई दिएका थिए ।  सो विद्यालयमा भक्तपुर र ललितपुरका साथै विभिन्न जिल्लाबाट वसाई सरेर आएका अभिभावकका छोराछोरी पढ्ने गरेका छन् । विद्यालयमा हाल ५६३ विद्यार्थी अध्ययनरत छन् ।

:398 Views

Leave a Reply