भीमेश्वर एकेडेमीमा व्यवस्थापन सङ्कायमा कक्षा ११ संचालन हुने

काठमाडौँ । काठमाडौँ कागेश्वरीस्थित भीमेश्वर एकेडेमीले शैक्षिक शत्र २०७६ बाट व्यवस्थापन सङ्कायमा कक्षा ११ को पठनपाठन शुरु गर्ने भएको छ ।
होटल व्यवस्थापन, अर्थशास्त्र र कम्प्युटर विज्ञान विषय समावेश गरि कक्षा ११ सञ्चालनमा आउने जसले देशकै उत्कृष्ट विद्यालयको रुपमा पठनपाठन गराइ उत्कृष्ट नतिजा दिने विद्यालय प्रशासनले प्रतिवद्धता गरेको छ । भक्तपुरमा एक पत्रकार सम्मेलन गरी सो कुराको जानकारी विद्यालयका प्रिन्सिपल अमृत खड्काले दिएका थिए ।
कम्प्युटर विज्ञान र होटल व्यवस्थापन विषयको प्रयोगशाला पूर्णरुपमा सञ्चालनमा रहेको यस विद्यालय जीवनोपयोगी र सीपयुक्त शिक्षा प्रदान गर्ने विद्यालयको रुपमा परिचित रहेको छ । न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा दिँदै राष्ट्रकै उत्कृष्ट शैक्षिक स्थलको रुपमा परिचित गराउन सफल यस विद्यालय लामो समयदेखि शिक्षा क्षेत्रमा समर्पित व्यक्तिहरुबाट सञ्चालित विद्यालय हो ।
व्यवहारीक एवं सँस्कारयुक्त शिक्षामा जोड दिँदै २०६२ साल फाल्गुण २१ गते विधिवत दर्ता भइ सञ्चालन भई रहेको यस विद्यालयले २०६३ सालबाट ९० जना छात्र÷छात्राबाट पठनपाठन शुरु गरिएको थियो ।
अतिरिक्त क्रियाकलापमा छात्र/छात्राको चाहाना अनुसार कक्षा सञ्चालन गराउँदै आएको विद्यालयका प्रिन्सिपल खड्का बताउँछन् । नृत्य, चित्रकला, संगीत, कवड्डी, फुटबल जस्ता खेलमा विशेष दख्खल राखी विभिन्न संघ संस्थाले आयोजना गरेको प्रतियोगिताहरुमा विजयी बन्न सफल यस विद्यालयले कवड्डी र नृत्य विधामा राष्ट्रिय रुपमा खेलाडी उत्पादन गरी अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सामेल हुन सफल भएका छन् ।
:797 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव