विद्यालय व्यवस्थापन प्रणालीः आजको अवस्था र भोलिको आवश्यकता

हाल प्रयोगमा आएका अधिकांश विद्यालय व्यवस्थापन प्रणालीहरू Electronic Billing र Exam Mark Entry र Ledger Printing मा सीमित देखिन्छ । तर व्यवस्थापन प्रणाली भनेपछि त्यसमा कम्तिमा पनि Accounting, Payrooll, Scholarship, Sms System हुनुपर्छ । हाल केही अब्बल विद्यालयहरूमा Smart Learning, E-Learning जस्ता प्रणाली पनि प्रयोगमा आएका छन् । प्रयोगमा आएका अधिकांश सफ्टवेयरहरूमा सबै सुविधाहरू नहुँदा विद्यालयहरूले विभिन्न कामका लागि छुट्टाछट्टै सफ्टवेयर चलाउनु परेकाले थप झन्झट व्यहोरिरहेका छन् । यसकारण पनि विद्यालयहरूले सफ्टवेयरको प्रयोग गरिरहेका छैनन् । यसरी विभिन्न सफ्टवेयर चलाउनुपर्दा आर्थिक भार त छँदैछ अझ विद्यालयले विद्यार्थीको विवरण धेरै पटक Entry गर्नुपर्दा समयको पनि बर्बादी महसुस गरेका छन् । प्रयोगमा भएका सफ्टवेयरका डाटा नयाँमा Migration गर्न सकिन्छ/सकिँदैन भन्ने पनि दुविधा भएको पाइन्छ जुन प्राविधिक हिसावले त्यति ठूलो समस्या होइन ।
भोलिको आवश्यकता
शिक्षण संस्थालाई अब्बलको दर्जा दिने प्रमुख सूचाङ्क भनेको विद्यार्थीहरूले परीक्षामा प्राप्त गर्ने नतिजा नै हो । यो नतिजा राम्रो गर्न आन्तरिक नतिजा पनि राम्रो हुनै प¥यो । विद्यालयहरूले आफ्ना विद्यार्थीहरू के कति कारणले कुन विषयमा अब्बल छन्, अथवा कमजोर छन् भन्ने विश्लेषण गर्नुपर्छ । जसको लागि विगतको डाटाको आवश्यकता पर्दछ । यो प्रक्रिया धेरै झन्झटिलो र समय धेरै लाग्ने हुन्छ । तर सफ्टवेयरको प्रयोगले सजिलै गर्न सकिन्छ । त्यसको लागि विद्यालयले हरेक विद्यार्थीको हरेक जाँचको अंक Digitally सुरक्षित राख्नुपर्दछ । भोलिको दिनमा विद्यालयको नतिजा तथा अवस्था कमजोर हुन पुगे यो विश्लेषणले अगाडि बढ्न ठूलो भूमिका खेल्न सक्छ ।
अर्को पक्ष भनेको व्यवस्थापनको कमजोरीले पनि विद्यालयमा संकट देखा पर्न सक्छ । विद्यालयले आफ्नो आम्दानी कुन Flow ले गरेको छ, खर्च कुन Flow ले गरेको छ, तरलताको अवस्था कस्तो छ? जनशक्तिको आउजाउ कत्तिको छ । यी कुराहरूको पनि सफ्टवेयर प्रयोग गरी विश्लेषण गर्न सकिन्छ ।
यसरी सफ्टवेयर तथा व्यवस्थापन प्रणाली भनेको आज गर्ने काम छिटो छरिटो गर्नका लागि मात्र होइन भोलिका दिनमा विश्लेषण गर्नका लागि अत्यावश्यक छ भन्ने कुरा विद्यालय व्यवस्थापनले बुझ्न जरुरी देखिन्छ ।
:777 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव