दुई विद्यार्थीको ३.९ जिपिए सहित चाँगुनारायण नगरपालिकामा गोल्डन सुनगाभाको ऐतिहासिक नतिजा

भक्तपुर । २०७५ सालको चैत्रमा सम्पन्न भएको एसईई परीक्षाको परीक्षाफल गत साता प्रकाशित भएको छ । चाँगुनारायण नगरपालिका दुवाकोटस्थित गोल्डन सुनगाभाले एसईई २०७५ मा ऐतिहासिक नतिजा ल्याएर आफूलाई चाँगुनारायण नगरपालिकाको एक अब्बल विद्यालयको रुपमा पुष्टि गरेको छ ।

१७ जना विद्यार्थी मध्ये २ जना विद्यार्थीको ३.९ जिपिए ल्याउन सफल भएका थिए भने ७ जनाले ३.६१ देखि ३.८५ जिपिए र ८ जना विद्यार्थीले ३.३ देखि ३.६ जिपिए ल्याउन सफल भएका थिए । गोल्डन सुनगाभा स्कुलले प्राप्त गरेको यो परिमाण ऐतिहासिक रहेको र यो वर्ष जस्तै २०७२ र २०७३ सालमा पनि उत्कृष्ट परिणाम ल्याउन सफल रहेको विद्यालयका प्रिन्सिपल महेश चन्द्र गौतम सम्झन्छन् । यस वर्षको परिणामले विद्यालयलाई उत्साहित बनाएको र आगामी दिनहरुमा पनि यो भन्दा बढी मिहेनत गरी उत्कृष्ट परिणाम ल्याउनेमा विद्यालय ढुक्क रहेको प्रिन्सिपल गौतम बताउँछन् ।

:163 Views

Leave a Reply