राजस्वि पाठशालाको पहिलो अभिभावक भेला सम्पन्न

भक्तपुर, असार २१ | राजस्वि पाठशालाले आफ्नो स्थापना तथा सञ्चालनको पहिलो अभिभावक भेला सम्पन्न गरेको छ । शतप्रतिशत अभिभावकको उपस्थिति सहित पाठशाला सञ्चालन र त्यसको उद्देश्य अनुसार यस पाठशाला निरन्तर लागि रहेको तथा बालबच्चाको चौतर्फी विकासमा पाठशाला कुनै कोणबाट नचुक्ने वाचा पूरा गर्दै सफलता पाउँदै आएको प्रिन्सिपल कान्ति के.सी.ले भेलामा बताए ।
नियमित भ्रमण, स्विमिङ, स्वास्थ्य जाँच, चाँडपर्व, दिवस लगायत दिनको ३ पटक पौष्टिक र सन्तुलित खाजाको व्यवस्थापनमा थप सुधार हुँदै आएको बताए । सम्भव भएसम्मको कृषि उत्पादन आफैले गरेको अभिभावकले प्रत्यक्ष देख्दा खुसी व्यक्त गरे ।

बालबच्चा निकोसेरास्थित यस राजस्वि पाठशालामा पठाइ सके पश्चात व्यवहारमा सक्रियता आएको, व्यवहारमा सकारात्मक परिवर्तन आएको, बोल्ने, खोल्नेमा सहजता, स्वास्थ्यमा नियमित परिवर्तन, फुर्तिलोपन आएकोमा सबै अभिभावक एक मत देखिए । विद्यालयले नियमित रूपमा घरदेखि विद्यालयसम्मको परिवहनमा सुधार गर्नुपर्ने, बाटो हिलो भएको, विद्यालय प्राङ्गणमा थोरै व्यवस्थापन गरे अझ राम्रो हुने अभिभावकद्वारा सुझाव दिए ।

अन्तमा प्रिन्सिपल के.सी.ले अमुल्य सुझाव तथा उपस्थितिको निम्ति धन्यवाद ज्ञपान गर्दै बालबच्चाको उज्वल भविष्यको लागि शिक्षक–अभिभावकको दोहोरो अन्तरक्रिया अनिवार्य रहने तथा एक आपसको दुरी कम गर्दै आएका सुझाव जतिसक्दो चाँडो सम्बोधन गर्ने वाचा गरे ।

:117 Views

Leave a Reply