ज्ञानकुञ्जमा दिक्षान्त तथा बिदाई समारोह सम्पन्न

काभ्रे, असार २२ । शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने मूल नारा बोकी नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षाको लागि स्थापित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्र्तगत, ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले असार २१ गते शनिबार एम.बि.एस.प्रथम वर्षका नव आगन्तुक विद्यार्थीहरुलाईस्वागत गरेको छ । सोही कार्यक्रममा एस.ई.ई परीक्षा २०७५, कक्षा १२ २०७६, बि.बि.एस. २०७६, एम.बि.एस. २०७६, अध्ययन पुरा गरेका विद्यार्थी भाइबहिनीलाई बिदाई गरेको छ । कार्यक्रम विभिन्न चरणहरुमा गरिएको थियो । जिल्लामा अहिलेसम्म नगरिएको एकदमै पृथक तरिकाले स्वागत तथा बिदाई कार्यक्रम गरियो थियो ।

अपौचारिक पहिलो चरणमा कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरिक्षक जयराम सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति सुरकृष्ण वैद्य, व्यवस्थापन समिति सदस्य तथा प्रबन्ध निर्देशक प्रताप वैद्य र व्यवस्थापन समिति सदस्य आत्माराम थापाद्धारा विद्यार्थीहरुलाई टिका, खादा, मेडल र मायाको चिनो, प्रमाण–पत्र प्रदान गरेका थिए । कार्यक्रममा सहायक कलेज प्रमुख नवराज चौलागाई, सहायक प्रिन्सिपल जेन वादे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण वैद्य र प्रमुख अतिथिले विद्यार्थीहरुलाई बधाई साथै सफल र सधँै विद्यार्थीको जीवनले सफलता र लक्ष्य प्राप्ती गरि रहोस् भन्ने कामना पनि व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा एम.बी.एस. तह उत्तीर्ण विद्यार्थीहरु दिक्षान्त समारोह सम्पन्न गरिएको थियो । जसमा साकार रजिञ्तकार, सविन थापा, चन्द्रकिरण कर्माचार्य, सुलोचना कर्माचार्य, सुरेशनारायण श्रेष्ठ, सुष्मा सापकोटा, अञ्जली बडाल दिक्षित भएका थिए । साथै एम.वि.एस. दोस्रो सेमेष्टरका काभ्रे जिल्ला प्रथम कञ्चन दाहाल, एसईई २०७५ का विद्यालय प्रथम निर्जरा के.सी. सम्मानित भएका थिए ।

कार्यक्रमको दोस्रो चरणमा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुद्धारा विविध सांगितिक कार्यक्रम प्रस्तुत गरि खाजा सहित भव्य तथा सभ्य मनसुन डान्स पार्टी कार्यक्रम राखिएको थियो जसमा विद्यार्थी र शिक्षक/शिक्षिकाहरु झुमेका देखिन्थे ।

:73 Views

Leave a Reply