शिक्षाकर्मी निरन्जन प्रजापति बुद्धिचाल संघको अध्यक्षमा पुनः सर्वसम्मत निर्वाचित

भक्तपुर । भक्तपुर जिल्ला बुद्धिचाल संघको पाँचौं जिल्ला अधिवेशन भक्तपुरको ऐतिहासिक एवं धार्मिक स्थल महाकाली पीठमा भक्तपुरका बुद्धिचाल प्रेमी तथा भक्तपुरका बुुद्धिचाल खेलाडीहरुको बाक्लो उपस्थितिमा सम्पन्न भयो ।

सो अधिवेशन जिल्ला बुद्धिचाल संघका अध्यक्ष एवं शिक्षाकर्मी निरन्जन प्रजापतिको सभापतित्वमा सम्पन्न भएको थियो भने अधिवेशनमा अध्यक्ष प्रजापतिले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरिएको थियो । पहिलो सत्रको समापनपछि अर्काे एक कार्यकालका लागि पदाधिकारीहरुको छनौट तथा विर्वाचित गर्न नेपाल बुद्धिचाल संघ केन्द्रिय उपाध्यक्ष ज्ञानेन्द्र खाइजूको अध्यक्षतामा तीन सदस्य निर्वाचन कमिति गठन गरि सो कमितिले अध्यक्षमा निवर्तमान अध्यक्ष निरन्जन प्रजापतिलाई सर्वसम्मत निर्वाचित गरियो भने अन्य पदाधिकारीहरु उपाध्यक्षमा पुर्णसुन्दर श्रेष्ठ, सचिवमा शिव सुन्दर श्रेष्ठ, कोषाध्यक्षमा बद्रि केदार दुवाल, सदस्यहरुमा प्रविस प्रजापति, विक्रम चोकामी, नातीभक्त दुमरु, सविना श्रेष्ठ, र सविना गुज पनि सर्वसम्मतिवाटै निर्वाचित भयो ।

सर्वसम्मत निर्वाचित भएसँगै नव निर्वाचित अध्यक्ष निरन्जन प्रजापतिले सवैमा धन्यवाद व्यक्त गर्दै अगामी चार वर्षमा भक्तपुरको समग्र चेस खेलको विकासमा निष्ठाका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे ।  नेपाल बुद्धिचाल संघका केन्द्रिय अध्यक्ष एकलाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा उपस्थितिमा सम्पन्न सो अधिबेशनमा वहाँले अर्काे चार वर्षको कार्यकालका लागि निर्वाचित पदाधिकारीहरुलाई हार्दिक बधाई एंब शुभकामना दिएका थिए ।

:121 Views

Leave a Reply