पारागन एकेडेमीमा बधाई तथा विदाई कार्यक्रम

भक्तपुर । भक्तपुर कमलविनायकस्थित पारागन एकेडेमीले एसईई २०७५ सालमा सम्मिलित सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयले एक कार्यक्रमको आयोजना गरी बधाई तथा विदाई गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण प्रसाद किसिको सभापतित्वमा भएको उक्त कार्यक्रमलाई विद्यालयका सह—प्रधानाध्यपाक राजेन्द्र फोजूले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए ।
कार्यक्रमका अतिथिहरु वागेश्वरी माविका प्राचार्य कृष्णप्रसाद धन्छा, आदर्श माविका प्राचार्य श्री कृष्ण किसि, बासु माविका प्राचार्य अम्बिका न्याइच्याई, प्रिन्सिपल पुण्यराम कवां र विव्यसका अध्यक्ष किसीले ४१ जना एसईईमा सम्मिलित विद्यार्थीहरुलाई मञ्चमा बोलाएर टिका, खादा र मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए ।
सोही क्रममा सबभन्दा बढी ३.९० जिपीए ल्याउने समीर कोजूलाई विशेष सम्मान गरिएको थियो । प्रिन्सिपल कवांले आफ्नो मन्तव्यको क्रममा व्यवस्थापन समिति, शिक्षकहरु र विद्यार्थीहरुको मेहेनतले आज यो सफलता हासिल गर्न सकेको बताए ।
कार्यक्रममा अतिथीहरुले व्यवस्थापन, विज्ञान, मानविकी संकायको बारेमा जानकारी दिएका थिए । उनीहरुले शैक्षिक गन्तव्य भक्तपुर र ज्ञान विज्ञानको केन्द्र भक्तपुरबारे जानकारी दिएका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव