ख्वप्रिङ्गमा बधाई तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न

भक्तपुर, २७ असार । भक्तपुुर लिवालीस्थित ख्वप्रिङ्ग इ्रंग्लिस एकेडेमीबाट शैक्षिक वर्ष २०७५ मा माध्यमिक तह परीक्षा (एसईई) उतीर्ण भएका विद्यार्थीहरुलाई बधाई एर्व मार्गनिर्देशन कार्यक्रम नेपाल मजदुर किसान पार्टिका सचिव एंव सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

सो कार्यक्रममा उनले एसईई उतीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्र्र्र्दै संसदमा विचारधीन अवस्थामा रहेका परमाणु विधेयकको चर्चा गरेका थिए । साथै उनले प्रजग कोरियासँग परमाणु हतियार भएकैले मात्र पनि उसलाई अमेरिकाले हेप्न तथा आक्रमण गर्न नसकेको कुरा व्यक्त गरे । कार्यक्रममा उनले अवका नयाँ पुस्ताले नयाँ नयाँ विषयहरुको अध्ययनमा पनि जोडदिनु पर्ने कुरा बताए ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक संघका अध्यक्ष एवं शिक्षक ज्ञान सागर प्रजापतिले विषयहरु कुनै पनि ठुलो सानो र राम्रो नराम्रो नहुने बताउँदै सबै विषयहरुको आ—आफ्नो क्षेत्रमा उत्तिकै महत्व रहेको बताए । साथै उच्च शिक्षाको अध्ययनको लागि विषयको छनौट गर्दा आफ्नो रुचि आफ्नो उद्देश्य संगसंगै परिवारको आर्थिक पक्षलाई पनि ध्यान दिन सुझाव दिएका थिए । उनले अब पढ्ने विषय, विदेशमा काम गर्नको लागि नभईकन आफ्नै देशको आश्यक्तालाई मनन् गरी पढ्न र भोलिका दिनमा पनि राष्ट्रकै सेवाका लागि पढ्नु पर्ने बताए ।

कार्यक्रममा ख्वप कलेज अफ् इन्जिनियरिङ्गका प्राचार्य सुनिल दुवालले उच्च शिक्षा अध्ययनका लागि भक्तपुर राष्ट्रकै गन्तव्यका रुपमा परिचित भैैरहेकोले अबको अध्ययनका लागि भक्तपुरकै माविहरु रोज्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा व्यवस्थापन संकायका शिक्षक एवं सिद्धार्थ बैंकका रवि श्रेष्ठले व्यवस्थापन संकायका क्षेत्र र महत्वका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रम विद्यालयका प्रिन्सिपल विनोद प्रजापतिले विद्यालयमा विताएका १३ वर्ष जीवनको अमूल्य सम्पति तथा निधिको रहेन बताउँदै सफलताले सधै मेहनती र परिश्रमीलाई पछाइरहने बताए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिकाका अध्यक्ष राम प्रजापतिको सभापतित्वमा भएको थियो भने कार्यक्रममा विद्यार्थीहरुलाई मायाको चिनो पनि वितरण गरिएको थियो ।

:87 Views

Leave a Reply