विनायकद्वारा एसईई परिक्षामा उत्कृष्ट विद्यार्थीलाई १ लाख नगद सहितले सम्मान

मध्यपुर थिमि । विनायक शिक्षा निकेतन इंग्लिस स्कुल मध्यपुर थिमिले २०७५ सालको एसईई परिक्षामा जिल्लामै उत्कृष्ट अंक ल्याउने आफ्ना विद्यार्थीलाई एक लाख एक सय एक रूपैयाँ नगद सहितले सम्मान गरेको छ ।
विद्यालयले असार २७ गते शुक्रबार एक कार्यक्रमको आयोजना गरि विद्यार्थी रोजा श्रेष्ठलाई उक्त राशिको नगद सहितले सम्मान गर्दै मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठ भक्तपुर जिल्लालाई नै शैक्षिक हवको रूपमा विकास गर्न सम्बन्धित निकायहरू जिम्मेवार हुनु पर्ने बताए । उच्च शिक्षा हासिल गर्न अब काठमाडौ धाउन नपर्ने भन्दै भक्तपुर जिल्लामै उत्कृष्ट कलेजहरू स्थापना भैसकेको उनले बताए ।
कार्यक्रममा विद्यालयका प्राचार्य सुरेन्द्रबिक्रम प्रजापतिले विद्यार्थीहरूलाई पढाइमा बढि रुचि दिलाउन र पढाइमा ध्यानकेन्द्रित गर्न आफुले बिगत केही बर्षअघि नै उत्कृष्ट अंक ल्याउनेलाई एक लाख नगद पुरस्कार दिने घोषणा गरेको बताए । प्राचार्य प्रजापतिले एसईई परिक्षामा उतिर्ण विद्यार्थीहरूले पारिवारिकस्थिति र आफ्नो क्षमता अनुसार विषय छनौट गरि उच्च शिक्षा हासिल गर्न आग्रह समेत गरेका थिए ।
कार्यक्रममा विद्यालयबाट उत्तीर्ण ७७ जना विद्यार्थीहरूलाई समेत विशेष सम्मान गरेको सो अवसरमा मध्यपुर थिमि नगरपालिका शिक्षा शाखाका प्रमुख बालकृष्ण गैरे, अभिभावक अभयन्द्र रंजितकार, विद्यालयका सहप्रधानाध्यापक प्रेम निरौला, विशेष सम्मानित विद्यार्थी रोजा श्रेष्ठलगायतले शिक्षाको महत्वका विषयमा बोलेका थिए । विद्यालय ब्यवस्थापन समितिका सदस्य कैलाशभक्त प्रधानाङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले विभिन्न साँस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव