राजस्वि पाठशालाका विद्यार्थी बृद्धाश्रममा रमाउँदै

भक्तपुर, असार २७ | विद्यार्थीको चौतर्फी विकासको निरन्तरता दिँदै राजस्वि पाठशालाका विद्यार्थीहरु बोडेस्थित श्री द्योमाँ जगत बृद्धाश्रम पुगेका हुन् ।
पाठशालाको नियमित भ्रमण तालिका अन्तर्गत यो सामाजिक भ्रमण रहेको प्रिन्सिपल कान्ति के.सी. ले बताए । विद्यार्थीमा सेवा, सम्मान तथा अग्रजको आदर गर्नु पर्छ भन्ने सामाजिक भावनाको शिक्षा तथा ज्ञानको निम्ति भ्रमण फलदायि रहेको उनले बताइन् । पाठशालाका विद्यार्थीले आफ्नो खाजाको केही रकमबाट आफैले चिया बिस्कुट बाँड्दै बल खेलेका थिए । आश्रमका बृद्ध बृद्धाले एक दिनलाई भए पनि आफ्नो परिवार मिलेको आभास गरेको बताए र फेरी फेरी आउन अनुरोध गरे । आश्रमको विविध कोठाहरुको अवलोकन र भलाकुसारी गर्दै विद्यार्थीहरु घर फर्केका थिए ।
:584 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव