काभ्रे प्याब्सनले गर्यो ९६३ विद्यार्थीलाई सम्मान

बनेपा – एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने ९६३ जना विद्यार्थी सम्मानित भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति काभे्रले ५० संस्थागत विद्यालयका ९६३ विद्यार्थीलाई सम्मान गरेको हो ।
शनिबार बनेपामा एक कार्यक्रमका बीच ३.२५ देखी ४ जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरेको प्याब्सनले जनाएको छ । सम्मान कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपालका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले मुलुकको शैक्षिक गुणस्तरीयतामा निजी विद्यालयले महत्वपूर्ण भूमिका खेलेको बताए ।
प्याब्सनका बरिष्ठ उपाध्यक्ष राजेन्द्र बाँनियाले अहिले कक्षा १० सम्म सञ्चालनमा रहेका निजी विद्यालयहरुले कक्षा ११ र १२ सञ्चालन गर्नुपर्नेमा जोड् दिँदै यसले काभे्रलाई शैक्षिक हव बनाउन सहयोग पुग्ने बताए । प्याब्सनका जिल्ला अध्यक्ष पूर्णकुमार श्रेष्ठले विद्यार्थीको हौसल प्रदान गर्न सम्मान कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा स्वागत मन्तव्य जिल्ला कार्यसमितिका बरिष्ठ उपाध्यक्ष सरोज न्यौपानेले गरेको उक्त सम्मान कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपाल आचार्य, केन्द्रिय सदस्य हिरा शर्मा नेपाल, सचिव भीमसेन केसी, प्रदेश न ३ का सहकोषध्यक्ष श्रीकृष्ण श्रेष्ठ, जिल्ला उपाध्यक्ष महेन्द्र थिङ, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा जिल्लाबाट ४ जिपिए ल्याएका सूर्योदय स्कुलका सुभेष धांजु, क्षीतिज स्कुलका आरती ढुङ्गाना र विद्यालयलाई विशेष सम्मान गरिएको थियो ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव