प्रेशस् स्कुलको बधाई तथा विदाई कार्यक्रममा शिक्षक सम्मानित

भक्तपुर । सुर्यविनायक नगरपालिका, बालकोटस्थित प्रेशस् सेकेन्डरी स्कुलले विद्यालय सभा हलमा एसईई २०७५ सालमा उत्तीर्ण विद्यार्थीहरुलाई विद्यालयले बधाई तथा विदाई गरेको छ ।
कार्यक्रममा विद्यार्थीमात्र नभई विद्यालयले वर्षको उत्कृष्ट शिक्षकको उपाधि रन्जनी कार्की थापालाई पनि सम्मान गरेको छ । वर्षदिन विद्यार्थी र विद्यालयको लागि खत्ने शिक्षक/शिक्षिकालाई पनि सम्मान गर्ने उद्देश्यले यो वर्षदेखि अधिवक्ता अजिता अर्याल काफ्लेको प्रायोजनमा उक्त सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षको सभापतित्वमा भएको उक्त कार्यक्रमका अतिथिहरु एवं प्रिन्सिपल भोला चौधरीले ३१ जना एसईई उत्तीर्ण विद्यार्थीहरुलाई मञ्चमा बोलाएर टिका, खादा र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल चौधरीले विद्यार्थीहरुलाई आफ्नो रुचिको विषय मात्र पढ्न आग्रह गरे । उनले अभिभावकको लागि नपढी र साथीहरुको लहलहैमा नलागी आफ्नो रुची अनुसारको विषय छनौट गर्न आग्रह गरे । उनले जागरी खोज्ने व्यक्ति नभई जागिर दिने व्यक्ति बन्ने लक्ष्य लिन आग्रह गरे ।
कार्यक्रममा एसईई स्कुल टपर (३.९० जिपिए) रोजीना बस्नेतलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा अतिथीहरुले विद्यार्थीहरुलाई बधाई दिँदै भक्तपुरकै कलेजहरुमा पढ्न आग्रह गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विद्यालयको प्रशंसा गर्दै विद्यालय छोडेर जानु पर्दाको पिडा पोखेका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव