भानुभक्तको सम्झनामा एन प्याब्सनको कविता वाचन प्रतियोगिता

काठमाडौं, ३१ असार । विगत लामो समयदेखी भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा मनाउँदै आएको राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसियन नेपाल (नेशनल प्याब्सन) काठमाडौंले आयोजना गरेको जिल्लाब्यापी कविता वाचन प्रतियोगितामा पाणिनी स्कुलका मिलन धमेल प्रथम भएका छन् ।
प्रतियोगितामा महाकवि देवकोट स्कुलका स्पेश पौडेल द्धितिय, कान्तिपुर इंग्लिस बोर्डिङ्ग स्कुलका जस्नीन गिरी तृतीय र ग्रिनफिल्ड एकेडेमीका सुस्मीता सापकोट सान्त्वना भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी, वरिष्ठ कवि/गीतकार भूपाल राईले विजयी विद्यार्थीहरुलाई प्रमाणपत्र, शिल्ड र नगद पुरस्कार प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाज परिवर्तन गर्न साहित्य र कलालाई सँगै लानु पर्ने र यसको विकास तर्फ राज्यले सोच्नु पर्ने बताए ।
काठमाडौं नेशनल प्याब्सनका अध्यक्ष विष्णु पराजुलीको सभापतित्वमा सम्पन्न उक्त प्रतियोगितामा ३४ विद्यालयका करिब ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । अध्यक्ष पराजुलीले नेपाली भाषाको माध्यमबाट नेपालीलाई एकताको सुत्रमा बाध्न महत्वपूर्ण योगदान गर्ने भानुभक्त आचार्यको जन्म जन्मजयन्तीको अवसरमा हरेक वर्ष कविता वाचन, लेखन प्रतियोगिता गर्दै आएको र यसले नेपाली साहित्यको विकास हुनेमा विश्वास रहेको बताएका थिए । देशमा धेरै डाक्टर इन्जिनियरभन्दा पनि असल मान्छेको खाँचो रहेको उनले औल्याए । कविताको एक हरफले सिङ्गो मुलुक हल्लाउने औल्याउँदै सामाजिक सञ्जाल र प्रविधिको कारणले पठन संस्कृति हराउँदै गएको नेपाली समाजलाई पढ्ने रुचि जगाउने कार्य गर्नु पर्ने उनले बताए ।
प्रतियोगिताको निर्णायक चिन्तामणी भट्टराई र बलराम दाहालले गरेको र कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई कार्यक्रम संयोजक प्रेम कुमार भुजेलले धन्यवाद व्यक्त गरेका थिए ।
:889 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव