भानु जयन्तीको उपलक्ष्यमा प्याब्सनले कविता वाचन प्रतियोगिता गर्ने

काठमाडौं, २ साउन । निजी तथत आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले भानुभक्त आचार्यको २०३ औँ जन्मजयन्तीको अवसरमा ‘भानुभक्त र नेपाली संस्कृति’ शीर्षकमा उपत्यकाव्यापी कविता वाचन प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम गर्ने भएको छ ।
केन्द्रिय कार्यसमितिको मातहतमा गठित महिला, बालबालिका तथा सामाजिक सेवा विभागको निर्णय र प्याब्सन केन्द्रीय सचिवालयको बैठक उक्त कार्यक्रम गर्ने तय गरेको हो ।

पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस् इन्टेरनेशनल एकेडेमीको संयोजकत्वमा उक्त कार्यक्रम साउन ९ गते दिउँसो १ बजेदखि नेक्सस् इन्टरनेशन एकेडेमीमा हुन लागेको कार्यक्रमका संयोजक एवं प्याब्सनका केन्द्रिय उपाध्यक्ष दिपीका रिमाल थापाले नुवागी डटकमलाई बताइन् । एउटा विद्यालयबाट छात्र/छात्रा गरी बढीमा २ जना विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउन पाउने र साउन ६ गते भित्र रेजिष्ट्रेशनको समय टोकिएको उनले बताइन् ।

वरिष्ठ कविहरु समाहित छनोट समितिले साउन ५ गते बेलुका ५ बजेभित्र प्राप्त कविताहरुमध्ये उत्कृष्ट १२ वटा कविता छनोट गरी छनोटमा परेका कविताहरुलाई साउन ९ गते विद्यार्थीहरुलाई वाचन गराई प्रथम, द्धितीय, तृतिय र चौथो घोषणा गरिने छ । प्रथम, द्धितीय, तृतिय र चौथो हुनेलाई क्रमशः १५,०००, १०,०००, ५,००० र ३,००० नगदसहित ट्रफि र प्रमाण पत्र वितरण गरिने आयोजकले बताएको छ ।

:62 Views

Leave a Reply