ललितपुर प्याब्सनले गर्यो एसईई विद्यार्थीलाई बधाई

ललितपुर । ललितपुर निजी तथत आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (ललितपुर प्याब्सन) ले साउन ३ गते ललितपुर जिल्लाबाट ३.६५ जिपिए भन्दा माथि आएका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
कार्यक्रममा एसईई २०७५ मा ललितपुर जिल्लाबाट ४ जिपिए ल्याउने विद्यार्थीहरुलाई नगद रु. १०,०००/— सहित खादा, टिका, प्रमाणपत्र दिई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमखु अतिथी एवं सम्माननीय पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्मानित सबै विद्यार्थीहरुलाई बधाई दिँदै योग्यता क्षमता भएको मान्छेमा आत्म विश्वास हुने र त्यसको लागि लगातारको साधना चाहिने बताए । उनले विद्यार्थीहरुलाई पढ्न, अध्ययन गर्न र मेहनत गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा विशेष अतिथी, सांसद एवं शिक्षासेवी उमेश श्रेष्ठले आफू ४० वर्ष शिक्षा क्षेत्रमा लागेको र त्यसको फल अहिले आएर पाएको बताए । उनले आफू सांसद भएर नभई शिक्षासेवी भएर सम्मान पाइराखेको बताए । उनले निजी विद्यालयहरु आत्ति हाल्नु पर्ने अवस्था नभएको बताए । देशलाई निजी तथा सामूदायिक दुवै विद्यालय चाहिने र सामूदायिक विद्यालय राम्रो भए निजी विद्यालय नै नचाहिने उनले बताए । उनले आजको भोलि राज्यले लगानी गरेर जाने सम्भावना नभएको बताए । यसपालिको एसईईको परीक्षामा ४९ प्रतिशत विद्यार्थी गणित विषयमा अनुत्तीर्ण भएको, २५ अंक प्रयोगात्मक भएर यो हालत छ भने त्यो नहुने हो भने के हुने भन्ने प्रश्न उनले गरेका थिए ।
कार्यक्रममा सभापति एवं ललितपुर प्याब्सनका अध्यक्ष राधे कृष्ण महर्जनले विद्यार्थी, विद्यालयहरुलाई बधाई तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा केन्द्रिय प्याब्सनका पदाधिकारीहरुको बाक्लो उपस्थित रहेको थियो ।
see
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव