१५ औँ राष्ट्रिय शिक्षा पुरस्कार कार्यक्रम हुँदै

काठमाडौँ, ६ साउन । शिक्षा क्षेत्रमा योगदान पुर्याएका विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्न ‘१५ औँ वाई वाई राष्ट्रिय शिक्षा पुरस्कार’ कार्यक्रम हुने भएको छ । ‘शैक्षिक क्षेत्रको उत्सव, उत्सव होइन महोत्सब’ हो भन्ने नाराका साथ यस वर्षको कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

कार्यक्रमका अध्यक्ष श्याम तण्डुकार यस वर्ष माध्यमिक तथा उच्च शिक्षा प्रदान गर्ने शिक्षालयहरु, शिक्षा सेवामा कार्यरत कर्मचारी, विभिन्न संघसस्थामार्फत शिक्षालाई नीतिगत तथा अन्य पक्षबाट पृष्ठपोषण गर्ने व्यक्तित्व, संघसंस्था तथा शिक्षापत्रकारलाई पुरस्कृत गर्न लागिएको बताउछन् ।

यस बर्ष १३ वटा विधामा १६ जनालाई सम्मान गर्न लागिएको छ । स्कुल अफ दि इयर, एक्सिलेन्स अवार्ड, वेष्ट टिचर अवार्ड, गुडविल एचिभमेन्ट अवार्ड, कन्ट्रिब्यूसन अवार्ड, डेडिकेशन अवार्ड, क्रिएटिभ अवार्ड, एजुकेशन जर्नालिष्ट अवार्ड, प्रिन्सिपल अफ दि इयर, राइजिङ अवार्ड, एजुकेशन भिजन अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्डका नाममा विभिन्न पुरस्कार वितरण गर्न लागिएको हो । वाईवाई ज्ञानउदय छात्रवृत्तिका लागि सामुदायिक विद्यालयको विद्यार्थीलाई नगद रु २५ हजार प्रदान गरिने भएको छ ।

पत्रकार सम्मेलन कार्यक्रम गर्दै एजुकेशन जर्नालिष्ट अवार्डमा यस बर्ष पुरस्कृत हुने दुई शिक्षा पत्रकारहरुको नाम सार्वजनिक गरेको छ भने अन्य पुरस्कारका लागि पनि निर्णायक समिति गठन गरिएको छ । यस वर्ष कारोवार दैनिकका गोपाल संग्रौला र नेपाल टेलिभिजनका रविचन्द्र पराजुली पुरस्कृत हुने भएका छन् ।

शिक्षालय मासिकको प्रस्तृतीमा आजको आवाज मिडियाले आयोजना गर्न लागेको सो कार्यक्रम श्रावणको २७ गते सोमबारका दिन रसियन कल्चर सेन्टरमा हुने भएको छ ।

:61 Views

Leave a Reply