अन्तर विद्यालय फुटसल गरेर दीपिकाले मनायो आफ्नो स्थापना दिवस

राजधानीको कोटेश्वरस्थित दीपिका स्कूलले आफ्नो १७ औं स्थापना दिवस मनाएको छ। २०५९ साल श्रावण ९ गते स्थापित उक्त विद्यालयले एक कार्यक्रमका बीच आफ्नो स्थापना दिवस मनाएको हो। सोही अवसरमा विद्यालयले अन्तर विद्यालय कप फुटसल खेलको समेत आयोजना गरेको थियो। च्यासलस्थित नेशनल स्पोर्ट सेन्टरमा आयोजित उक्त फुटसल प्रतियोगितामा ग्रामर स्कूल, न्यु भिजन स्कूल, गौरीशंकर स्कूल, जेनियम पब्लिक स्कूल, एम्स एकेडेमी,कौस्तुप एकेडेमी लगायतले भाग लिएका थिए। प्रतियोगितामा कौस्तुप एकेडेमी प्रथम, गौरीशंकर स्कूल दोस्रो र एम्स एकेडेमी तेस्रो भएका थिए ।
१७ वर्ष यता आफ्नो विद्यालयले निरन्तर गरिरहेको उन्नती र सर्वोत्कृष्ट नतिजामार्फत आम आभिभावक र विद्यार्थीहरूप्रति जितेको विश्वासलाई खुसियालीका रूपमा लिई यो वर्षदेखी हरेक स्थापना दिवसका दिन आयोजना गरिने लक्ष्य साथ “दीपिका कप” का नामबाट अन्तरविद्यालय कप फुटसल प्रतियोगिताको सुरूवात गरेको बताउदै विद्यालयकी प्रिन्सिपल डा। प्रगति पौड्यालले दीपिका स्कूलको यो उचाइ प्राप्तिमा सहयोग पुर्याउने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक र आम शुभचिन्तकलाई धन्यवाद दिनुभएको थियो।
बदलिदो परिस्थितिमा खेलकुद पनि शैक्षिक कार्यक्रमकै पाटो रहने गरेको स्थितिलाई मध्यनजर गर्दै विद्यार्थीहरूमा खेल भावना मार्फत अनुशासन कायम गर्न र शैक्षिक संस्थाहरूबीचको स्वस्थकर प्रतिष्पर्धामार्फत गुणस्तरीय शिक्षा प्रदान गराउने सन्देश दिन विद्यालयको स्थापना दिवसलाई नै रोजेर दीपिका कपको आयोजना गरिएको बताउदै विद्यालयका सहायक प्रिन्सिपल अञ्जन चालिसेले १७ वर्षसम्मको विद्यालयको यो उचाई यी यस्तै मिहेनत र सम्पूर्ण पक्षको साथले सम्भव भएको बताउनु भएको थियो।
उक्त फुटसल प्रतियोगिताको संयोजन विद्यालयका कोअर्डिनेटर तिलक शिवाकोटीले गर्नुभएको थियो।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव