ग्रामरका विद्यार्थी लोकबाजा संग्रहालयमा

काठमाडौं । ग्रामर पब्लिक स्कुल कोटेश्वरको संगीत क्लवमा आवद्ध ११ विद्यार्थी नेपाल लोक बाजा संग्रहालय त्रिपुरेश्वरको अवलोकन भ्रमणमा गएका छन् । विद्यालयका संस्थापक निर्देशक एवम् गीतकार दिलेन्द्र मुकारुङ्ग राईसंग कक्षा ४ देखि १० सम्मका विद्यार्थी नेपाल टेलिभिजनको वालकार्यक्रम ‘हिँड्दा हिँड्दै’ को सुटिङ्गको सिलसिलामा त्यहाँ गएका हुन् । कार्यक्रम ‘हिँड्दा हिँड्दै’ कार्यक्रमका निर्देशक हेमन्त गौतम, फोटोग्राफर नेल्शन मुकारुङ्ग राई लगायत थिए ।
त्यहाँ गएका गायक, उद्घोषक, कलाकारहरु विद्यार्थीहरुमा अनामिका अर्याल, प्रतिक राई, स्मारिका सिटौला, चाँदनी राई,स्मृति राई, निहारिका राई, गौरव पौडेल, आस्का कर्ण, तपुर अधिकारी लगायत थिए । उनीहरुलाई नेपाली लोकबाजा संग्रहालयका रामप्रसाद कँडेलले त्यहाँ राखिएका विभिन्न थरीका बाजाको बारेमा विद्यार्थीहरुलाई बताएका थिए ।
:380 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव