चारुमतिका स्काउटबाट बाढीपीडतलाई राहतवितरण

जनकपुर । गत असार २५ देखि तीन दिनदेखि परेको अविरल वर्षाको कारण जमुना नदीमा आएको बाढीका कारण घरवार वीहिन भएका २ नं प्रदेशका मुखिया पट्टी गाउँपालिका १ मुसहर्नियाका विपन्न परिवार र वालवालिकालाई चारुमतिओपन स्काउट ट्रुप÷क्र्यु चावहिलले चामल, दाल, तेललगायतका खाद्यान्न, चाउचाउ, विस्कुट, लत्ता कपडा र औषधि वितरण गरेको छ ।

चारुमति ओपन स्काउट ट्रुप÷क्र्युका अध्यक्ष दिपेश केसीको अध्यक्षतामा गएको राहत वितरण टोलीमा चारुमतिका दिपक श्रेष्ठ, रवी श्रेष्ठ, विनोद पराजुली, सम्झना श्रेष्ठ सहित १० जना रोभर र ६ जना रेन्जर स्काउट थिए । राहत वितरण टोलीमा नेपाल स्काउटका पुर्व प्रमुख आयुक्त चन्दन कौशिक पनि सहभागी थिए ।

:79 Views

Leave a Reply