कक्षा ११ का नवआगन्तुक विद्यार्थीका लागि विनायकद्वारा भव्य स्वागत

मध्यपुर ठिमी । मध्यपुर ठिमीमा अवस्थित विनायक शिक्षा निकेतन ई.स्कूलले यही शैक्षिक सत्र २०७६।०७७ का लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि स्वागत, बधाई तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । नगरकोटस्थित बरेलीको बोजिनी नगरकोट रिसोर्टमा आयोजित उक्त कार्यक्रममा शैक्षिक सत्र २०७६।०७७ का लागि विनायक नै उत्कृष्ट शैक्षिक गन्तव्य ठानी भर्ना भएका ७१ जना विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशराम लाछी, संस्थापक रत्नकेशरी प्रजापति तथा विनायक शिक्षा निकेतन परिवारका सदस्यहरुले खादा ओडाई स्वागत गरिएको थियो ।

कार्यक्रममा बोल्दै विनायकका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले हरेक बर्ष एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल रहेको विनायक शिक्षा निकेतनले कक्षा ११ र १२ को परीक्षामा पनि उत्कृष्टताको लागि कुनै कसर बाँकी नराख्ने, गुणस्तरीय शिक्षामा जोड दिने र सक्षम, योग्य र व्यावसायिक नागरिक तयार पार्न प्रयत्नशील रहने जानकारी गराउँदै कक्षा ११ र १२ मा पनि जिपिए ४/बोर्ड टप गर्ने विद्यार्थीलाई विद्यालयको तर्फबाट रु १ लाख पुरस्कार राखिएको घोषणा गरेका थिए । विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले प्रतिबद्धता पत्र बाचन गराइएको भएको उक्त कार्यक्रममा संयोजक शैलेन्द्र भट्टराईले Teaching faculty परिचय गराउनु भएको थियो भने Counselor तुल्सीहरि प्रजापतिले Students Code Of Conduct का विषयमा चर्चा गरेका थिए । कार्यक्रममा नव आगन्तुक विद्यार्थी इन्द्रकला राई लगायत अन्य कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने अनौपचारिक कार्यक्रम नव आगन्तुक विद्यार्थी रोमिन लामाले सञ्चालन गरेकी थिइन् ।

:308 Views

Leave a Reply