ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

भक्तपुर, साउन १२ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको विभिन्न संकायमा अध्ययनरत गरिव तथा जेहेनदार विद्यार्थीहरुलाई आइतबार छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीको शैक्षिक क्षमता र पारिवारिक आर्थिक स्थितिलाई मध्यनजर गरी कलेज व्यवस्थापन समितिले छात्रवृत्तिको व्यवस्थापन गरेको बताए । उनले विद्यार्थीहरुलाई अध्ययनसँगसँगै अनुशासित भई कलेजका विभिन्न गतिविधिमा सक्रिय भई अब्बल रुपमा प्रस्तुत हुनुपर्ने र इन्जिनियरिङ अध्ययन गरी देशको विकास निर्माणमा इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिए ।
काठमाडौं उपत्यका लथालिंग हुनुमा ठेकेदारहरु दोषी भएको औंल्याउँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले कलेज स्थापना व्यक्ति विशेषको नाफाको निम्ति नभई समाज रुपान्तरण गर्न बनेको बताए । कलेज व्यवस्थापन समितिका उपाध्यक्ष एवम् भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई इञ्जिनियरिङ क्षेत्रबाट समाजको सेवा गर्न आह्वान गरे । उनले देश र समाज निर्माणको निम्ति योग्य इन्जिनियर र आर्किटेक्टको आवश्यकता भएको र अनुसन्धानकर्ताको रुपमा कार्य गर्न विद्यार्थीलाई मार्गनिर्देशन गरेका थिए ।
कलेज व्यवस्थापन समितिका सदस्य एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले कलेज स्थापनाको उद्देश्य भक्तपुरमा कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान रहेको बताउँदै विद्यार्थीहरुलाई व्यक्तिवादी चिन्तनबाट मुक्त भइ समाज निर्माणको निम्ति महत्वपूर्ण योगदान पु¥याउनुपर्ने बताए । कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल, ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य रबिन्द्र फोँजु र राजन रजतिले पनि बोलेका थिए ।
उपप्रमुख रजनी जोशीले ख्वप इ. कलेजका १८ जना र ख्वप कलेज अफ इ. का १४ जना गरी ३२ जनालाई रु. २० लाख बराबरको छात्रवृत्ति प्रदान गरेका थिए ।
:556 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव