नेक्सस क्रिकेट एकेडेमी श्रीलंकामा जारि बाइल्यटरल सेरिजको बिजेता बन्दै घर फर्क्यो

काठमाडौं । श्रीलंकाको बासुलिका क्रिकेट एकेडमीले गत २० जुलाईबाट आयोजना गरेको बाइल्यटरल सेरिज क्रिकेट प्रतियोगितामा नेक्सस क्रिकेट एकेडमीले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै २÷१ ले सिरिज आफ्नो कब्जामा पारेको छ । आफ्नो अन्तिम खेलमा नेक्सस क्रिकेट एकेडमीले बसुलिका क्रिकेट एकेडमी श्रीलंकालाइ हराउँदै सो सेरिज कब्जा गरेको हो ।

प्रतियोगितामा नेक्सस क्रिकेट एकेडमीले म्यान अफ द सेरिज, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, उदयमान क्रिकेटर लगायतका उपाधिहरु समेत हासिल गर्न सफल भएका थिए । सेरिजका म्यान अफ द सेरिज अबिसेक कुँवरले ६ विकेट तथा ३१५ रन लिएका थिए । उत्तम थापाले बेस्ट ब्याट्सम्यानको उपाधि प्राप्त गरे जसले सिरिजमा ३०३ रन लिएका थिए । बेस्ट बलरको उपाधि सार्थक नेउपानेले प्राप्त गरेका छन् जसले १७ विकेट लिएका थिए भने उदयमान क्रिकेटरको उपाधि सुमित बुढाथोकीले प्राप्त गरेका थिए जसले प्रतियोगितामा २०६ रन तथा १० विकेट लिएका थिए । नेक्ससले उक्त प्रतियोगिताको ट्राइ सेरिज समेत आफ्नो पोल्टामा परेको छ जसमा स्टार क्रिकेट एकेडमी श्रीलंका, बसुलिका क्रिकेट एकेडमी श्रीलंका तथा नेक्सस क्रिकेट एकेडमी नेपाल सहभागी रहेका थिए ।

स्वदेश फर्केपछि खेलाडीहरुलाई स्वागत तथा सम्मान गर्दै नेक्सस क्रिकेट एकेडमीका संरक्षक आरवी कटवालले यो बिजयले एकेडमीको काधमा थप जिम्मेवारी आएको भन्दै अब आउने प्रतियोगिताहरुमा पनि यस्तै उत्कृष्ट नतिजा हासिल गर्न अभिप्रेरित गरेका थिए । उक्त स्वागत कार्यक्रममा बोल्दै एकेडमी प्रमुख भरत शाहीले यो विजयले एकेडमीलाई अरु प्रतियोगितामा अझ अब्बल भएर प्रस्तुत हुन हौसला प्रदान गरेको र जिम्मेवार खेलाडीको रुपमा प्रस्तुत हुने जिम्मेवारी आफ्नो काधमा आएको बताए ।

:349 Views

Leave a Reply