कस्ता विद्यार्थीले नाच्न पाउने?

कसले नाच्ने कसले ननाच्ने भन्ने कुरा कसरी तय गर्ने ? यसबारे विभिन्न विद्यालयमा फरक फरक अभ्यास रहेको देखिन्छ । कहीँ खुल्ला रूपमा नृत्यमा सहभागीताको लागि आह्वान हँदो रहेछ । त्यहाँ विद्यार्थीले फारम भरेर सम्बन्धित शिक्षकलाई बझाउनु पर्दो रहेछ । कतै फारमको शुल्क स्वरूप निश्चित रकम पनि तिर्नु पर्दो रहेछ । यो रकम पनि विद्यालयपिच्छे अलग अलग छ । कहीँ भने कक्षा शिक्षक वा इसीए इन्चार्जले कक्षा कक्षामा गएर विद्यार्थी छनोट गर्दो रहेछ । त्यसो गर्दा गोरा, टाठावाठा, हेर्दा आकर्षक देखिने विद्यार्थी प्राथमिकतामा पर्ने गरेको भनी धेरैले आलोचना गरेको देखिन्छ ।

राम्रा जो इच्छा नभएका हुन्छन् उनीहरूलाई फकाइ फुल्याइ नाच्न प्रेरित गरिने रहेछ । तर अरु विद्यार्थीले भने इच्छा भएरै पनि अवसर नपाएको गुनासो सुनिन्छ । कतिपय विद्यालयमा अभिभावकहरूको दबाबमा तिनका नानीहरूले नृत्य सिकिरहेको भेटिन्छ भने कतिपय विद्यालयमा नृत्य गर्नको लागि तिर्नुपर्ने अतिरिक्त शुल्क धेरै भएर प्रतिभावान विद्यार्थीहरू नृत्य सिक्ने अवसरबाट वञ्चित भएका छन् ।

एभेरेष्ट स्कुलमा नृत्यमा इच्छुक सम्पूर्ण विद्यार्थीलाई नृत्यमा सहभागी हुने मौका दिने गरेको प्रशिक्षक भोगेन्द्र मानन्धर बताउँछन् । विद्यालयको एक तिहाइ विद्यार्थीले नृत्यमा सहभागीता जनाएको बताउँछन् उनी । ‘नृत्य प्रशिक्षकले कुन विद्यार्थीले नाच्न पाउने कसले नपाउने भनी छनोट गर्नहुँदैन । कोही विद्यार्थी नाच्ने इच्छासहित अगाडी आउँछ भने उसलाई नाच्न सिकाउने धर्म बन्छ प्रशिक्षकको । विविध वहानामा उसलाई दुरुत्साहित पार्नु अपराध हो । हाम्रो विद्यालयमा जो विद्यार्थी नृत्य क्लवमा सहभागी भएको हन्छ, उसलाई वर्षमा कम्तीमा एउटा नृत्य भएपनि सिकाएर त्यो वर्षभरीमा प्रस्तुत गराएको हुन्छु ।’ उनले भने ।

कतिपय विद्यालयमा अभिभावकहरूको दबाबमा तिनका नानीहरूले नृत्य सिकिरहेको भेटिन्छ भने कतिपय विद्यालयमा नृत्य गर्नको लागि तिर्नुपर्ने अतिरिक्त शुल्क धेरै भएर प्रतिभावान विद्यार्थीहरू नृत्य सिक्ने अवसरबाट वञ्चित भएका छन् ।

अमर ज्योति माध्यमिक विद्यालयकी सन्जु शाह ठकुरी भन्छिन्, ‘नृत्य कक्षामा सहभागी विद्यार्थीलाई तिमी राम्रो र तिमी नराम्रो भनेर विभाजन गर्ने गरेको छैन । जसको जति क्षमता छ त्यहि नै उसले प्रस्तुती दिन्छ । पढाउँदा पनि राम्रो पढ्नेलाई पढाउने र पढ्न नसक्नेलाई नपढाउने भन्न मिल्दैन । त्यस्तै नाच्न इच्छा हँदाहुँदै नाच्न जान्नेलाई मात्र नृत्य सिकाउनुु हँदैन । वर्षमा कम्तिमा उसलाई एउटा नृत्यमा प्रस्तुती गर्न लगाउनु पर्छ ।’

उनको विद्यालयमा कक्षा ६ सम्मका सम्पूर्ण विद्यार्थीका लागि नृत्य कक्षा सञ्चालन गरिएको छ । उनीहरूलाई उनीहरूको क्षमताअनुसार ३ वटा समूहमा विभाजन गरिएको ठकुरीले बताइन् । त्यसले कसलाई कस्तो सिकाउने वा कसरी सिकाउने भन्ने यकीन गर्न मद्दत मिल्ने उनले बताइन् ।

अधिकांश विद्यालयमा कक्षा १० का विद्यार्थीहरू नृत्यलगायत अन्य अतिरिक्त कृयाकलापमा खासै सहभागी हँदैनन् । अझ कक्षा ८, ९ र १० का विद्यार्थीलाई परीक्षाकेन्दित पढाइ आवश्यक हुन्छ भनी उनीहरूलाई अन्य कृयाकलापमा अति कम वा सहभागी नै नगराइने विद्यालयका प्रमुखहरू बताउँछन् । उनीहरूको इच्छा विपरीत पढाइमा मात्र केन्द्रित गराउन खोज्दा कतिपय विद्यार्थीको प्रतिभा फक्रन नपाउँदै ओइलाउने अवस्था आउँछ । त्यसैले त्यस्ता विद्यार्थीहरूका लागि विशेष कक्षाहरू सञ्चालन गर्नुपर्ने अनूभवीहरू बताउँछन् । यसले उनीहरूको मनस्थिति सही बनाउने र पढाइमा पनि राम्रो गर्न सहयोग गर्ने उनीहरू बताउँछन् ।

:110 Views

Leave a Reply