रोम्बस नेशनल कलेजको उद्घाटन, सतप्रतिशत छात्रवृत्तिको घोषणा

भक्तपुर, १८ साउन । भक्तपुरमा नयाँ कलेज सञ्चालनमा आएको छ । शिक्षाको केन्द्र र उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा चिनिएको भक्तपुरमा स्नातक तहको पठनपाठन हुने गरी कमलविनायक क्षेत्रमा रोम्बस नेशनल कलेज सञ्चालनमा आएको हो ।
सो कलेजको उद्घाटन चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्र र द्वन्द्व व्यवस्थापनविद् बालानन्द शर्माले संयुक्त रुपमा गरेका थिए । चाँगुनारायण नगरपालिका वडा नं.७ वागेश्वरीमा यही शैक्षिक सत्रदेखि स्नातक तहमा बीएसडब्लू र बीबीएसको पठनपाठन गर्ने गरी कलेज सञ्चालनमा ल्याइएको कलेजका प्रिन्सिपल डा. राजेन्द्र कोजूले जानकारी दिए । ‘विद्यार्थीहरुलाई प्रयोगात्मक र व्यवहारिक रुपले शिक्षा दिनका लागि कलेज सञ्चालनमा ल्याएका हौं ।’ उनले भने ।
कलेजको सुरुवातको क्रममा प्रिन्सिपल कोजूले आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन असमर्थ विद्यार्थीलाई विशेष सहुलियतको व्यवस्था रहेको बताए । उनले भने, ‘यो कलेज आम्दानी गर्नका लागि खोलिएको हैन, शिक्षामा थप योगदान दिनका लागि खोलिएको हो ।’
कलेज उद्घाटनको क्रममा नगरप्रमुख मिश्र र द्वन्द्व व्यवस्थापनविद् शर्माले कलेजमा भर्ना भएका विद्यार्थीहरुलाई ‘शतप्रतिशत छुट’ को पत्र प्रदान गरेका थिए । कार्यक्रममा उनीहरुले शिक्षा सुधारका लागि थुप्रै सुधार गर्न जरुरी रहेको उल्लेख गरे ।
:437 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव