२८ जिल्लाका ३५० प्रशिक्षार्थीलाई तालिमको प्रमाणपत्र

भक्तपुर, १८ साउन । भक्तपुर ब्यासीका सुजित बासुकलाले देकोचास्थित जेन्यूइन सेकेण्डरी स्कुलबाट माध्यमिक शिक्षा परीक्षा कक्षा १०(एसईई) को परीक्षा दिए । परीक्षामा उनले २.५५ जिपिए पाए । अधिवक्ता बन्ने लक्ष्य बोकेको उनी एसईईपछि फुर्सदको समयमा भक्तपुरको इनाचोस्थित निओ फ्युजन अफ कम्प्युटर इन्ष्टिच्युटमा कम्प्युटर तालिमका लागि गए ।
स्कुलमै कम्प्युटरको आधारभूत ज्ञान पाइसकेका उनले एसईईपछिको फुर्सदको तीन महिनामा कम्प्युटर अफिस प्याकेज सफलतापूर्वक सिके । ‘अहिले म देकोचाको ख्वप माविमा कानून(ल) पढिरहेको छु, फुर्सदको समयमा सिकेको अफिस प्याकेजले मलाई अध्ययनमा सहयोग भएको छ, कक्षामा गर्नुपर्ने प्रिजेन्टेशन(प्रस्तुतिकरण)का लागि सहयोग गरेको छ ।’ उनले भने ।
उनीमात्र नभएर दैलेखका जीवन शाही पनि एसईईपछि फुर्सदिला नै थिए । उनी पनि सोही इन्ष्टिच्युटमा कम्प्युटर तालिमका लागि गए । उनले सोही इन्ष्टिच्युटबाट सफलतापूर्वक तालिम सम्पन्न गरे । तालिमकै अवधिमा उनले सोही इन्ष्टिच्युटबाट निः शुल्क रुपमा दिइएको फोटोग्राफी तालिम, चित्रकला, मोबाइल मर्मत तालिम पनि लिए । त्यो तालिमले उनमा आत्मबल बढेको छ । त्यही आत्मबलले उनलाई थप अध्ययन गर्न सघाएको छ ।
त्यसरी तालिम पाएका बासुकला र शाहीको आत्मबल मात्र बढेको छैन, उनीहरुसँगै सोही इन्ष्टिच्युटबाट तालिम लिएका ३ सय ५० बढी विद्यार्थीको पनि व्यक्तित्व विकासका लागि पनि तालिमले सहयोग गरेको छ । सफलतापूर्वक तालिम लिएका प्रशिक्षार्थीहरुलाई शनिबार प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईं, ख्वप कलेजका प्राचार्य सुजन माक र फोटोग्राफीका वरिष्ठ प्रशिक्षक दिपेन्द्र बज्राचार्यले प्रमाणपत्र प्रदान गरेका छन् ।
देशभरका विभिन्न २८ जिल्लाबाट तालिममा आएका विद्यार्थीहरुमध्ये उत्कृष्ट विद्यार्थी बन्न सफल रञ्जु जोशी, रोहनकाजी खाइजू र प्रशंसा शर्मालाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा नेपाली र अँग्रेजी टाइपिङ प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
प्रतियोगिताअन्तर्गत नेपाली टाइपिङमा नदिन्ता बाटी, सविना फैजू, इभा सुजखु र निर्जला कोजू क्रमशः प्रथम, द्धितीय, तृतीय र सान्त्वना भएका थिए भने अँग्रेजीतर्फ रजित किसी, बितिसा लामिछाने, विपुल प्रजापति र कृतिषा शिल्पकार क्रमशः प्रथम, द्धितीय, तृतीय र सान्त्वना भएका थिए ।
कार्यक्रममा सांसद गोसाईंले विद्यार्थीले पाएको शिक्षालाई आफ्नो देशको हितका लागि उपयोग गर्नुपर्नेमा जोड दिँदै स्वदेशमै बसेर काम गर्न जरुरी रहेको बताए । सिटीइभिटीबाट सम्बन्धन प्राप्त इन्ष्टिच्युटका निर्देशक बालकृष्ण बनमालाले विद्यार्थीहरुलाई सीपयुक्त बनाउन आफू प्रतिवद्ध भएको बताए ।
:523 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव