नागपञ्चमी

आज नागपञ्चमी । प्रकृति, प्राकृत जीव, जन्तु, प्राणी मात्रको मर्यादापूर्ण आस्था जनाउने र जगाउने हाम्रो पारम्परिक पर्यावरण पूजन दिवस हो । प्रकृतिले श्रृजना गरेको यावत जैविक तत्वलाई सन्तुलित रूपमा जन्माउनु, रोज्नु, हुर्काउनु, बढाउनु, संरक्षण गर्नु प्रकृति पूजाको सच्चा मर्मबोधि ज्ञान बिन्दु बनेको छ । ज्ञान बिन्दु भनेको अत्यन्त गहिरो सुक्ष्मभेदी बोधिज्ञान तत्व रहे, बनेको छ ।

नाङ्गो आँखाले सलक्क हेर्दा अत्यन्त सहजरूपमा वाहियात देखिने मूलद्वार—ढोकाको शिरानी माझै टाँसेर पूजा अर्चना गरिने नागपञ्चमी चाड पूर्वीय दर्शनमा आधारित नेपाली संस्कार हो । संस्कारले यस्ता मूल्य—मान्यतामा आधारित जीवन दर्शनलाई सांस्कृतिक महत्व दिएको छ । त्यसैले सांस्कृतिक संस्कारले प्रकृति र जीवन गहन रूपमा अन्तर निर्भर रहेको तथ्य बोध गराउँछ ।

घिस्रँदै जमीन र पानी मुनि अन्तरमुखी नाग प्राणीलाई पानीको श्रोत जीवात्मा मान्नु पूर्वीय जीवन—धर्म—दर्शन बनेको छ । श्रीपञ्चमी पर्व परापूर्वकालका नागवंशी समुदायजनले इन्दसघाँटी सभ्यता साथ सुरु गरेको पनि हुन सक्ने ठूलो सम्भावना नभएको नहोला पनि । त्यसक्रममा नागदहमा वस्ती वस्न थालिँदा नै काठमाडौं खाल्डोमा नि नाग पूजा गर्ने संस्कार र संस्कृति जतिजति माझिँदै अगाडि बढ्छ नव आकृति÷स्वरूप लिँदै जान्छ । यस क्रमलाई एकै पूर्खाका सन्तान वर्तवानसम्म पुग्दा पुस्तैपिच्छे रूपरङ्ग फेरिँदै, बदलिँदै आएझैँ अनुमान प्रमाण लाउन सकिँदो हुन्छ ।
तेजेश्वरबाबु ग्वंगः
संस्कृतिविद्

:38 Views

Leave a Reply