नि:हाय सेवा सदनमा दीपिका स्कूलका विद्यार्थी

राजधानीको कोटेश्वरस्थित दीपिका स्कूलले आफ्ना विद्यार्थीहरूलाई वृद्ध आश्रमको भ्रमण गराएको छ । तीनकुनेस्थित निःसहाय सेवा सदनमा रहेका ३७ जना वृद्धवृद्धाहरूका बीच जीन्दगीमा निभाउनुपर्ने कर्तव्य र सहानुभुतिका विषयमा गफिदै भेटिएका विद्यार्थीहरूले विद्यालयले गराएको यो भ्रमणबाट निकै पाठ सिकेको बताए । उनीहरूले आफूले दैनिक खर्च गर्ने रकमबाट केही छुट्याएर गरेको बचतबाट त्यहाँ रहेका वृद्धवृद्धाहरूलाई फलफूल र बिस्कुट समेत वितरण गरेका थिए ।
आजकै दिन वृद्धाआश्रममा आफ्नो जन्मदिन मनाउने अवसर पाएकी कक्षा ७ की छात्रा अनुशा पौडेलले आफ्नो यो जन्मदिन विशेष स्मरणीय रहिरहने बताउदै त्यहाँ रहेका वृद्धावृद्धाहरूबाट आशिर्वाद समेत लिएकी थिइन् । समाजमा नैतिकता, कर्तव्य र सहानुभूति हराउँदै गइरहेको अवस्थामा विद्यार्थीहरूलाई गराउने यस्ता किसिमका भ्रमणहरू उनीहरूको मस्तिष्कमा बेलैदेखी आफ्नो कर्तव्य र भूमिका बोध गराउन फलदायी हुने बताउँदै विद्यालयका सहायक प्रिन्सिपल अञ्जन चालिसेले आगामी दिनहरूमा पनि विद्यालयले किताबी बिषयवस्तुहरू मात्र नपढाइ आफ्ना विद्यार्थीहरूलाई समाजमा असल नागरिक बनाउन आवश्यक नैतिक शिक्षा पनि प्रदान गर्ने बताए ।
उक्त भ्रमणको संयोजन विद्यालयका शिक्षिकाद्वय सरिता ढकाल र शुशिला देवकोटाले गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव